१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

विश्व बैंकको साढे ६ करोड ऋण

कान्तिपुर संवाददाता

काठमाडौ — विश्व बैंकले उच्च शिक्षा सुधार कार्यक्रमका लागि ६ करोड ५० लाख डलर ऋण उपलब्ध गराउने भएको छ ।

मुलुकको मानव संसाधनको आवश्यकर्ता पूर्ति र राष्ट्रिय ज्ञानको आधारमा कार्यक्रम सहयोग केन्दि्रत रहने उल्लेख छ ।
चुनिएका संस्थाबाट उच्च शिक्षाको गुणस्तर, सान्दर्भिकता र कार्यक्षमता वृद्धिसँगै सीमान्तकृत विद्यार्थीलाई समान अवसर जुटाउन परियोजनाले सहयोग गर्ने बताइएको छ । मानव संसाधनमा लगानी गर्नु नेपालका लागि महत्त्वपूर्ण छ, विश्व बैंकको नेपालका कन्ट्री म्यानेजर टाकुया कामाटाले भनेका छन् । ऋण ६ वर्षको ग्रेस अवधिसहित ३८ वर्षको हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०७१ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?