१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पुल बनेपछि सहज

पर्वत — पाङ्राङ ७ श्रीकाङदेखि बागलुङको जैदी जोड्न कालीगण्डकी नदीमा १ सय ११ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ।

स्थानीयको सक्रियतामा ३४ लाख ४० हजारको लागतमा निर्मित पुलको कांग्रेसका केन्द्रीय सदस्य सभासद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे। पुल बनेपछि पाङ्राङ, बाच्छा, कुर्घालगायत पर्वतका आधा दर्जन र बागलुङका पाँच गाविसका बासिन्दालाई आउजाउ सजिलो भएको छ। स्थानीय पूर्णबहादुर कुँवरलगायतका तीन जनाको सक्रियतामा गत २०७० पुसमा सुरु भएको पुलको निर्माण फागुन पहिलो साता सम्पन्न भएको हो। पुल निर्माणका लागि स्थानीयले करिब ४ लाख रुपैयाँ बराबरको श्रमदान गरेको निर्माण समितिका अध्यक्ष पूर्णबहादुर कुँवरले बताए।

प्रकाशित : चैत्र ५, २०७१ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?