२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मुक्त अनुभूतिमा रमेश-सुमन

काठमाडौ — कवि रमेशरञ्जन झा र सुमन पोखरेल दुवै तराई मूलका कवि हुन् । उनीहरूले राजधानीमा एक साथ आफ्ना रचना सुनाइरहँदा भावमा त्यसको स्वाद पाइन्थ्यो ।

मुक्त अनुभूतिमा रमेश-सुमन
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मुक्त अनुभूति को १०औं शृंखलाका लागि कविद्वयले आफ्ना अनुभूतिलाई रचना वाचनसँगै पस्कने मौका पाए ।
शृंखला मध्यस्तकर्ता रोहित खतिवडाले कविद्वयको काव्य अनुभूति निकाल्ने प्रयास सुरुदेखि थाले । उनले स्रष्टालाई रचना सिर्जनामा परिवेश र संस्कृतिले पार्ने प्रभावबारे जिज्ञासा राखे । कवि रमेशरञ्जन र सुमनले पनि कविताको विम्बमा संस्कृतिले फरक पार्ने र विषयवस्तुमा परिवेशले प्रभाव पार्ने साझा मत दिए । जनकपुरका रमेशले मैथिली भाषामै रचना सिर्जना गर्ने सुनाए । कार्यक्रममा उनले केही नेपालीमा अनुवाद गरिएका सिर्जना सुनाएका थिए । वाचनको शृंखलाचाहिँ मैथिली कविता पैकार बाटै सुरु गरे । त्यसपछि लगालग संक्रमण, अनेक रंगको देश, फ्रन्ट लाइन, सडकका मानिस, संघीयता सुनाए । काठमाडौंलाई मोफसलका स्रष्टाले कसरी बुझ्लान् ? नियमित सोधिने खालको उक्त जिज्ञासामा रमेशले अझै पनि केन्द्रबिन्दुको पहिचानबाट बाहिरिन नसकेको गुनासो गरे । कविले मैथिली कविता आक्रोश मा पनि यही आक्रोश पोखेका छन् ।
कवि सुमनले केटाकेटी, आदेश, गर्मी, हाटमा उभिएर, त्यो सहर कसको हो ?, स्वभक्षणको हक, ताज महल र मेरो प्रेम, र बिदा हुन्नँ सुनाउन भ्याए । उनका रचनाले समाज, राष्ट्र र समसामयिक परिवेशलाई प्रतिविम्बित गरेको बुझिन्छ । सुमनले रमेशका केही मैथिली कवितासमेत अनुवाद गरेका रहेछन् । यसै प्रसंग कोट्याउँदै रोहितले रमेश र सुमनलाई अनुवादमा हुने भिन्नता सोधे । सुमनले रचना सिर्जना गर्दा जति मिहिनेत गर्नुपर्छ त्यति नै अनुवाद गर्दा पुन: सिर्जना गर्नुपर्ने दाबी गरे । रमेशले चाहिँ पुन: सिर्जना गर्दा कविताको मौलिक भाव, स्वरूप र संचरनामा परिवर्तन आउने बताए ।

प्रकाशित : चैत्र १५, २०७१ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?