कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

एसियामा रेन्बो टुरिजम् फस्टायो

काठमाडौं — हङकङ पोलिटेक्निक विश्वविद्यालयको होटल एन्ड टुरिजम् म्यानेजमेन्टका डिन प्राध्यापक केय चोनले विश्वभर घुमफिर गर्ने एसियाली पर्यटकको संख्या ह्वात्तै बढेको बताएका छन् । उनले एसियामै भ्रमण गर्नेमध्ये ८० प्रतिशत यही क्षेत्रको पर्यटक भएको बताएका छन् ।

नेपाल भम्रणमा आइपुगेका प्राध्यापक चोनले एसिया आफंैमा बृहत् बजार भएको बताउँदै अहिले विश्वभर एसियाली पर्यटकले नेतृत्व गरेको ‘रेन्बो टुरिजम्’ फस्टाइरहेको बताए । रेन्बो टुरिजम् भनेको विभिन्न रङ, रूप, भाषा भएका विविधतायुक्त पर्यटकहरूको अवधारणा हो । ‘विगतमा एसियाली मुलुक घुम्न आउनेहरूमा अमेरिकी र युरोपली पर्यटकहरू बढी हुन्थे अहिले चिनियाँ, भारतीयसहित अन्य एसियाली मुलुकका पर्यटकहरूको अनुपात बढ्दै गएको तथ्यांकहरूले देखाएको छ,’ पाटा नेपाल च्याप्टरले आइतबार मण्डिखाटारस्थित गेट कलेजमा आयोजना गरेको ‘पर्यटन उद्योगमा मानव संसाधन विकास’ बारेको एक दिने कार्यशालामा प्राध्यापक चोनले भने ।
राजधानीका ९ होटल व्यवस्थापन कलेजमा अध्ययनरत २ सयभन्दा बढी विद्यार्थी र सरोकारवाला सहभागी कार्यक्रममा उनले एसियाको पर्यटन उद्योगले चाँडै रूपान्तरणको नेतृत्व गर्नेतर्फ संकेत गर्दै भने, ‘तीन वर्षअघि विश्वभरि १ अर्ब पर्यटक संख्या पुग्यो भनेर खुसी मनाइयो, त्यसको ठूलो हिस्सा एसियाली पर्यटकले धानेका छन्, त्यसमा एसियाका कुल पर्यटकमध्ये ८० प्रतिशत यही भेगका (एसिया) रहेछन् । 
यसैगरी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्वकै सर्वाधिक जनसंख्या रहेका छिमेकी मुलुकहरू चीन र भारत ठूला तथा उदाउँदा पर्यटन बजार भएकाले नेपालले पर्यटन बजारीकरणमा यी मुलुकलाई ध्यान दिन थालेको बताए पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले भूकम्प र नाकाबन्दीजस्ता संकटबाट बहुपक्षीय रूपमा प्रभावित हुन पुगेको नेपालको पर्यटन उद्योगलाई ब्युँताउनका लागि अब उपयुक्त रणनीतिका साथ लाग्नुपर्ने सनाउँदै भने, ‘हामी कठिन अवस्थामा पनि मुस्कुराउन सक्छौं, अतिथिहरूलाई सेवा दिन सक्छौं भन्ने हामीले प्रमाणित गरिसक्यौं,’ पाण्डेले भने, ‘नाकाबन्दी खुलेसँगै अब नेपालको पर्यटन उद्योगलाई ब्युँताउनका लागि ठोस काम गर्नुपर्ने बेला भएको छ ।’ 
कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईं, पाटा नेपाल स्टुडेन्ट च्याप्टरका अध्यक्ष निरोज कर्माचार्यले नेपालको पछिल्लो पर्यटन अवस्थाबारे सुनाएका थिए ।

प्रकाशित : माघ २६, २०७२ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?