कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चल्यो ‘चर्खा’

हेटौंडा — सामाजिक कथावस्तुमा आधारित रही बनाउन लागिएको फिल्म ‘चर्खा’ को बिहीबार बिहान हेटौंडाको पाथिभरा मन्दिरमा शुभसाइतमा पूजासँगै मुहूर्त गरिएको छ ।

गोविन्द गौतमले आफ्नै लेखनमा निर्देशन गर्न लागेको उक्त फिल्ममा रजनी केसी, सुरबिना कार्की, सुशान्त कार्की, निर्जन थापा, जुनु रिजाल, कपिल खड्का, रुपेश केसी लगायतको अभिनय रहने बताइएको छ । ३५ दिनमा छायांकन सकिने ‘चर्खा’ का अधिकांश दृश्य मकवानपुर आसपास नै खिचिनेछन् भने केही भारतमा पनि छायांकन गरिने निर्मातामध्येका एक सहदेव गौतमले जनाए । सञ्जिता फिल्मसो ब्यानरमा गणेश भेटवाल, सुनिल अधिकारी, बालकृष्ण खड्का र रुपेश केसीले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् ।

 मुहूर्तमा कलाकारले फिल्मको दृश्यको अभिनयसमेत गरेका थिए । गायिका जुनु र निर्जनले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । ‘जीवन पनि चर्खा जस्तै हो, सुखदु:खलगायत सबै घटनाक्रमहरू घुमिरहन्छन्,’ निर्देशक गोविन्दले फिल्मबारे भने । दिव्य सुवेदीको छायांकन रहने फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन रहनेछ भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गर्न लागेका छन् । सम्पादन विपीन मल्लको रहने फिल्मको रिलिज आगामी वर्ष गरिने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित : वैशाख १७, २०७३ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?