स्पोर्टस् फिल्म फेस्टिभल हुने

कास्की — पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि पहिलोपटक नेपाल स्पोर्टस् फिल्म फेस्टिभल हुने भएको छ ।

नेपाल पर्यटन बोर्डको अग्रसरतामा हुने महोत्सवमा नेपालका ४ वटा खेलकुद वृत्तचित्र प्रस्तुत हुने बिहीबार यहाँ गरिएको पत्रकार सम्मेलनमा बताइयो । भोजराज भाटको ‘सुनकली’, गिरीश गिरीको ‘टिम नेपाल’, सूर्य थपलियाको ‘वियोन्ड द बाउन्ड्री’ र विजय गजमेरको ‘आकाश’ प्रदर्शन हुने पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए । उनका अनुसार समारोहमा खेल पत्रकार सुदर्शन रञ्जितले खिचेका तस्बिरको पोस्टर पनि अनावरण गरिनेछ । उक्त तस्बिरले सन् २००७ का लागि आईसीसीको एसीसी क्षेत्रीय अवार्ड पाएको थियो । 

प्रकाशित : वैशाख १७, २०७३ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?