कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानसेनापति क्षत्री फर्किए

छोटकरी

प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने लेबनान भ्रमण सकी आइतबार फर्किएका छन्। असार ७ गते गएका क्षत्रीले त्यहाँका कायममुकायम राष्ट्रपति एवं प्रधानमन्त्री तमाम सलाम,

 

काठमाडौं (कास)– रक्षामन्त्री समिर मोउकबेल र लेबनिज आम्र्ड फोर्सका कमान्डर जनरल जिन कहवाजीलगायतसँग भेटवार्ता गरेका थिए। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार क्षत्रीले शान्ति स्थापना कार्यका लागि युनिफिल मिसन लेबनानमा तैनाथ गोरखदल गण (शा.से.) ५७ औं डफ्फाको गण र त्यसअन्तर्गत लेबनानका विभिन्न स्थानहरूमा तैनाथ पोस्टहरूको स्थलगत निरीक्षण भ्रमण गरेका थिए।

 

थरुहटको लालटिन जुलुस
काठमाडौं (कास)– थरुहट थारूवान संयुक्त संघर्ष समितिले राज्यले आफ्नो माग सम्बोधन नगरेको भन्दै आइतबार लालटिन जुलुस निकालेको छ। राजधानीको नयाँ बानेश्वरमा आइतबार दिउँसो जुलुस निकाल्दै समितिले टीकापुर घटनामा पक्राउ परेका आन्दोलनकारीहरूलाई नि:सर्त चाँडै रिहा गर्नुपर्ने, थारूहरूलाई समेत समेट्ने गरी सीमांकन हुनुपर्ने लगायतका माग दोहोर्‍याए।
वार्ताका लागि सरकारले पत्र पठाएपछि समितिले दुई साताअघि सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली घोषणा गरेको थियो। सरकारले गरेको वार्ता आहवानबारे निर्णय गर्न राजधानीमा बसेको संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समिति बैठकले धनीराम चौधरीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको थियो। तर वार्ता भने हुन नसकेपछि संघर्ष समिति आन्दोलनमा ओर्लेको विश्वासले बताए।

 

‘एकै किस्तामा रकम दिन मिल्दैन’
काठमाडौं (कास)– पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सरकारले भूकम्पपीडितलाई घर निर्माण गर्न एकै किस्तामा रकम दिन नसक्ने बताएका छन्। भूकम्पपीडितहरूलाई अनुदानका रूपमा दिइने २ लाख रुपैयाँ एकै किस्तामा दिनुपर्ने अडानसहित प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ। राज्य व्यवस्था समितिको आइतबारको बैठकमा ज्ञवालीले भने, ‘यसलाई लिएर सदन पनि अवरुद्ध भएको छ। तर सरकारले दातृ निकायसँग सहयोग लिँदा नै किस्तामा रकम वितरण गर्ने भनेर सम्झौता गरिसकेको छ। यति नै किस्ता भनिएको छैन। तर दुईभन्दा बढी किस्तामा रकम दिनुपर्छ।’ समितिमा कांग्रेसका सांसदहरूले पुनर्निर्माण प्राधिकरणले एकै किस्तामा रकम दिनुपर्ने बताएका थिए। समितिले भूकम्प अति प्रभावित १४ जिल्लामा उपक्षेत्रीय कार्यालय तथा अन्य प्रभावित जिल्लामा अन्य कुनै संरचना अविलम्ब स्थापना गरी पुनर्निर्माण लगायतका सेवा तदारुकताका साथ सञ्चालन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ। 

 

महालेखा परीक्षक सिफारिस प्रक्रिया सुरु
काठमाडौं (कास)– संवैधानिक परिषद्ले नयाँ महालेखा परीक्षकको सिफारिसका लागि प्रक्रिया सुरु गरेको छ। महालेखा परीक्षक भानुप्रसाद आचार्यले गत साता राजीनामा दिएपछि रिक्त पदमा परिषद्ले सिफारिस प्रक्रिया थालेको हो। परिषदको आइबार बसेको बैठकले महालेखा परीक्षक हुनका लागि योग्य व्यक्तिहरूको रोस्टर तयार पार्ने र त्यसपछि सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित : असार १३, २०७३ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?