२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘इन्डियन भैया भन्न कहाँ पाइन्छ.

काठमाडौं — संघीय गठबन्धनको सिंहदरबार घेराउको दोस्रो दिन सोमबार माइतीघर मण्डला र हनुमानथान संगीतमय बने

दौरासुरुवाल र टोपी ला’को छैन भन्दैमा धोती कुर्ता र गम्छा लाएको छ भन्दैमामलाइ इन्डियन भैयाभन्न भन्न कहा पाइन्छम त नेपालको माया गर्ने मान्छे मलाई नेपाली माया चाहिन्छ ।

। अपराह्न तीन बजेसम्म दन्तचिकित्सक आभास लाभ माथिको ‘पहिचान–प्यारोडी’ २१ औं पटक गाउँदैथिए । गीत सकिन पाएको छैन, फेरि ‘वान्स मोर’ बर्सिइहाल्छ । लाभसग टास्सिएर फोटो र सेल्फी खिचाउने उत्तिकै ।‘देश र मधेस दुवैलाई मुटुा राखेर यो गीत लेखेको हुँ, सत्तामा बसेका पार्टीले हामीलाई बुझ्नै खोजेनन्,’ गीत सकिएपछि जनकपुरका लाभले कान्तिपुरसँग कहे, ‘आखिर हामीले खोजेको पहिचान, सम्मान र बराबरीको अधिकार न हो ।’ आस्था राउतको ‘चौबन्दी र पटुकी बाध्या छैन भन्दैमा’ गीतमा उनले बनाएको ‘पहिचान – प्यारोडी’ अहिले अधिकांश प्रदर्शनकारीको मोबाइलमा घन्किन्छ । त्यसपछि उनी भोजपुरी, मैथिलीमा पनि गीत सुनाउँछन् । तीमध्ये कतिपय प्रधानमन्त्री केपी ओली र ठूला दलमाथि लक्षित छन् । कतिसम्म भने सुरक्षाकर्मी समेत उनको प्रस्तुत चाख मानेर सुन्छन् । फोटो खिच्छन् । ‘हामीलाई अब मधेस आन्दोलनकारी भनेर पुग्दैन, अब हाम्रो मुद्दा राष्ट्रिय भइसक्यो,’ लाभले भने, ‘नपत्याए हेर्नुस्, यो देशका सबै जाति, भाषा, धर्म संस्कृति मान्ने सबै भेगका अनुहार यहाँ छन् ।’

गठबन्धन आबद्ध २९ जातीय, क्षेत्रीय दलले आइतबार र सोमबार आयोजना गरेको दुईदिने सिंहदरबार धर्नामा मधेस, पहाड सबैतिरका जातीय, सांस्कृतिक झाँकी प्रदर्शित थिए । प्रदर्शनकारीमध्ये कतिपय आफ्नै सांस्कृतिक पोशाकमा उपस्थित रहे । गठबन्धनले मंगलबार भने आफ्नो प्रदर्शन बालुवाटारस्थित प्रधानमन्त्री निवास अघिल्तिर सार्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले प्रशासनिक केन्द्रको नाका घेर्ने आन्दोलनलाई तमासा भनी आरोपित गरेकाले उनलाई सन्देश दिन बालुवाटार सार्नुपरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताए ।संघीय प्रदेशको सीमांकन हेरफेर, संविधान प्रावधानमाथि असहमतिलगायत २६ बुँदे मागसहित गठबन्धन आन्दोलनमा छ । कहिले सीमा नाका धर्ना, कहिले काठमाडौं उपत्यका । मधेसी मोर्चा र गठबन्धनको आन्दोलन अझै कहिले सम्म त ? ‘हरेक नेपालीलाई हरेक नेपाली मजत्तिकै बराबर हो भन्ने अनुभूति नहुन्जेल असन्तुष्टि रहिरहन्छ, राष्ट्र विकासको प्रक्रियामा आन्दोलन एउटा अवयव हो,’ लाभ गम्भीर जवाफ दिन कस्सिए, ‘यसलाई अनौठो र अस्वाभाविक रूपमा लिने होइन, प्रेम र सद्भावमा विकास गर्नुपर्छ । आन्दोलन अहिल्यै सफल नहोला, तर सत्ताले यो आवाजलाई सुन्नुपर्छ ।’
त्यसपछि थपे :
ढाका टोपी राम्रै लाग्छ लाउने बानी छैन
दोहोरी मारुनी मन पर्छ गाउने बानी छैन
होली झिंझिया नाच्न खेल्न मेरो मन रमाउछ
मधेसी हुँ, नेपाली हुँ मेरो आफ्नै मान छ ।

प्रकाशित : असार २२, २०७३ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?