नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं — दोहा— कतारमा जारी चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग भोलि शुक्रबार (मे २०) मा प्रतिस्पर्धा गर्दै छ


 । अलसाद स्टेडियममा हुन गइरहेको अमिर कपको सेमिफाइनल खेल सकेपछि नेपाल र भारतबीच रोचक प्रतिस्पर्धा हुँदैछ । अमिर कपको सेफिफाइनलमा अलसाद र लेखिया क्लबबीच हुनेछ । यो खेल सात बजे हुँदै छ । 
नेपालले गत अघिल्लो शुक्रबार जोर्डनसँग कठिनसँग जित्दै फाइनलमा पुगेको थियो । ‘हामी फाइनल जित्न आतुर छौं,’ प्रशिक्षक वाइबा तामाङले भने, ‘त्यसका लागि खेलाडीहरू पूर्ण रूपमा तयार बसेका छन् ।’ झन्डै दुई महिनाअघिबाट जारी खेलमा नेपालले जोर्डन (३—२), जापान (३—०), कोरिया (४—२), फिलिपिन्स (५—१), इन्डोनेसिया (६—१), श्रीलंका (४—०) र सिंगापुर (४—१)लाई हराउँदै फाइनल पुगेको थियो । नेपाली फुटबल टिमलाई सिटी एक्सप्रेसले स्पोन्सर गरेको छ । लिग प्रतियोगितामा १२ देशको सहभागिता थियो । 

प्रकाशित : असार २२, २०७३ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?