कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुबेतमा : के गर्ने ? के नगर्ने ?

काठमाडौं — य तिखेर खाडीमा रहेका नेपाली समाजमध्ये कुबेतमा बिस्तारै नराम्रो छाप पर्ने क्रम बाक्लिँदै छ । आफ्नो भविष्य खोज्दै कुबेतमा पुगेका कतिपय नेपालीको अवाञ्छित क्रियाकलापबाट समाजकै बदनाम हुन गइरहेको छ

कुबेतमा : के गर्ने ? के नगर्ने ?


 । हरेक दिनजसो स्थानीय सञ्चारमाध्यममा नेपालीहरू आपराधिक क्रियाकलापमा लागेको फोटोसहित घटनाहरू सार्वजनिक हुने क्रम छ । 
केही दिनअघि कुबेतको सल्वा क्षेत्रमा प्रहरीले ‘रक्सी भट्टी’ नै फेला पार्‍यो । २५० वटा ड्रम र १५ सय बोत्तलमा रक्सी बनाएर राखिएको अवस्थामा काम गर्ने ७ नेपाली समातिए । जुन भट्टी नेपालीबाटै सञ्चालित थियो । 
अर्को घटना थियो, महबोयुलाको । त्यस क्षेत्रबाट एउटा फ्ल्याट भाडामा लिएर संगठित रुपमा यौन व्यवसाय गरिरहेको अभियोगमा तीनजना नेपाली महिला पक्राउमा परे । प्रहरी बिग्रेडियर अब्दुल्लाह साफाहका अनुसार उनीहरू यौन व्यवसायमा संग्लन थिए । छापा मार्दा पक्रिए । 
परिबन्दमा परेका नेपालीलाई आपराधिक क्रियाकलापमा लगाउनेहरू नेपाली नै छन् । जेलभित्र मात्रै खोज्दै जाने हो भने हत्या, लागूऔषधजस्ता कार्यमा संग्लन अभियोगमा सजाय पाएका ३४ जना नेपाली जेलमा छन् । त्योसँगै नेपाली नेपालीबीच हुने मारपिटले अर्को रूप लिएको छ । समूहसमूहबीच झैझगडा हुने, हप्ताअसुली कार्यमा देखिने कार्यले कुबेतमा नेपाली समाजप्रतिको छाप धमिलो हुँदै गइरहेको छ । 
दूतावासलाई समस्यामा परेर निस्किएका महिलालाई आपराधिक क्रियाकलापमा प्रयोग गरेकोप्रति अर्को चिन्ता छ । सीधै दूतावासमा पुगे त ती महिलाहरू सुरक्षित भएर नेपाल फिर्छन् । दलालको हातमा परे भने झन् दु:ख पाउने स्थिति छ । २२ वर्षदेखि कुबेतमा कार्यरत वागलुङका दिलबहादुर पुन मगर ‘सोझा नानीहरूलाई उद्धार गरेर राख्ने बहानमा अपराधजन्य कार्यमा लगाउने कार्य डरलग्दोसँग हिसाबले बढिरहेको’ मा चिन्ता गर्छन् । 
कुबेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाललाई नेपाली समाजलाई कसरी जनचेतना दिने भन्नेमा चिन्ता थपिएको छ । स्थानीय कानुनलाई पूर्ण रूपमा पालना गर्न नेपाली समाजलाई बारम्बार गर्दै उनी यतिखेर नेपाली बस्ने क्याम्पतिर दौडिन थालेका छन् । 
‘कुबेतमा बस्दा के गर्न हुने र के गर्न नहुने’ भनेर सूची लिएर बाढ्न थालेका छन् । ‘कसैलाई पनि आँच आउने व्यवहार हामीबाट गर्नु हुँदैन,’ उनी भन्छन्, ‘प्रवासमा बस्दा सबैले आफ्नो र देशको इज्जत प्रतिष्ठा जोगाउने कार्य गर्नुपर्छ । 
गर्न हुने कार्य 
    िआफ्नो कार्य लगनशीलता, मिहिनेत एवं इमानदारीका साथ गर्ने 
    िकुबेतको कानुनको पालना 
    िराहदानी तथा आवासीय अनुमति (अकाम) को म्याद सकिनुभन्दा पहिले नै नयाँ राहदानी र आवासीय अनुमति लिने 
    िआफ्नो राहदानी, आवासीय अनुमति सिभिल आईडी, बैंक कार्डको फोटोकपी राख्ने । बिनाकारण त्यस्ता कागजपत्र कसैलाई नदिने 
    िपरिवारलाई नियमित रूपमा सम्पर्कमा राख्ने । 
    िरोजगारीबाट आफूले आर्जन गरेको रकमको सदुपयोग गरी बचत रकम नेपाल पठाउँदा बैंक मार्फत पठाउने 
    िकार्यस्थलमा समस्या वा गुनासा आएमा पहिला कम्पनीलाई खबर गर्ने । समाधान नभए दूतावासमा सम्पर्क गर्न आउने ।
    िआफू कार्यरत कम्पनी, घरमालिक वा अरूले कसैले कुनै कागजातमा सही गर्न भनेमा राम्रोसँग बुझेर मात्रै सही गर्ने 
    िसमस्या परेका नेपालीलाई सक्दो आफूले सहयोग गर्ने 
    िखानपिन, पहिरन र रहनसहनमा उचित ध्यान दिने 
    िबाटो काट्दा, ट्राफिक नियमको पालना गर्ने । जेब्राक्रर्सिङबाट मात्र बाटो काट्ने 
    िअरबी र अंग्रेजी भाषा जानकारी राख्ने
    िनेपालमा घुम्न कुबेती नागरिकलाई प्रोत्साहन गर्ने 
    िनेपालमा सकारात्मक र सबल पक्षको बारेमा कुबेती तथा विदेशीलाई जानकारी दिने 
    िव्यक्तिसँग रकम लेनदेन गर्दा भरपाई, प्रमाण राख्ने 
    िफुर्सादको समयमा आफ्नो क्षमता विकासका कार्य गर्ने 
    िनेपाल र नेपालीको गौरव एवं इज्जत बढाउने कार्य गर्ने 
गर्न नहुने कार्यहरू 
    िकुबेतको कानुन, धर्म र संस्कृति विपरीतका कुनै कार्य नगर्ने 
    िलागूपदार्थ ओसारप्रसार सेवन एवं बेचबिखन नगर्ने 
    िमदिरा (जाँडरक्सी) उत्पादन, सेवा एवंल बेचबिखन नगर्ने 
    िनेपाली नागरिक एवं विदेशीसँग अनावश्यक जमघट, झगडा, होहल्ला, कुटपिटजस्ता कार्य नगर्ने । कुनै पनि प्रकारका हतियार साथमा लिएर नहिड्ने । 
    िआर्थिक प्रलोभनमा परेर हाल कार्यरत घर/कम्पनीबाट नभाग्नुहोला । अन्य नेपालीलाई भाग्न नउक्साउनुहोला । अर्को कार्यस्थलमा गैरकानुनी रूपमा काम गर्नुहोला एवं गर्न प्रेरित नगर्नुहोला । 
    िगैरकानुनी रूपमा महिला एवं पुरुषसँगै बसोबास नगर्नुहोला 
    िस्वीकृतिबिना कार्यस्थलमा अनुपस्थित नहुनुहोला । कार्यस्थलमा हड्ताल नगर्नुहोला । 
    िअन्य व्यक्तिको सिभिल आईडी, बैंक कार्ड प्राप्त गरेमा दुरुपयोग नगर्नुहोला । त्यस्ता कार्ड वा कागजात नजिकको प्रहरी कार्यालय वा नेपालीको भए नेपाली दूतावासमा बुझाउनुहोला ।
    िमदिरा सेवन गरेर सवारी साधन नचलाउनुहोला 
    िफेसबुक, ट्विटर इमेलजस्ता सञ्चार माध्यमको दुरुपयोग नगर्नुहोला 
    िरमजानको समयमा निषेधित समयमा कुनै पनि खानेकुराहरू खुला रूपमा नखानुहोला ।
    िमहिलालाई कुबिचार वा कुदृष्टिले नहेर्नुहोला 
    िठगी एवं चोरी नगर्नुहोला र त्यस्तो मनसायले कुनै कार्य नगर्नुहोला । 
    िनिषेधित क्षेत्रमा धूमपान नगर्नुहोला 
    िसुरक्षित र भरपर्दो नभएसम्म कसैसँग पनि रकम लेनदेन नगर्नुहोला 
    िअत्यधिक गर्मीमा बढी काम नगर्नुहोला । त्यसपछि तुरुन्तै बढी चिसोमा नबस्नुहोला । बढी चिसो खानेकुरा पनि नखानुहोला । 
    िनेपाल र नेपालीको गौरव एवं इज्जतमाथि आँच आउने कुनै पनि कार्यहरू नगर्नुहोला ।

प्रकाशित : असार २२, २०७३ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?