१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घरेलु मदिरा नष्ट

डोल्पा — जुफालबाट दुनै ल्याउँदै गरेको ठूलो परिमाणको घरेलु मदिरा आइतबार जिल्ला प्रहरीले नष्ट गरेको छ ।

जुफालबाट जिपमा ल्याउँदै गरेको मदिरा चेकजाँच क्रममा ५ वटा ड्रम नेपाली सेनाले सुलिगाड भीम पुल नजिकै बरामद गरेको थियो । ठूलो परिमाणमा मदिरा बरामद भए पनि त्यसको जिम्मा कसैले नलिएपछि सेनाले प्रहरीलाई बुझाएको थियो । १ सय ९० लिटर घरेलु मदिरा र यसको जाँड नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०७३ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?