कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गैंडा मृत फेला

नवलपरासी — गैंडाकोटमा अन्दाजी २२ वर्षको गर्भवती अवस्थाको पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । गैंडाकोट ७ गैरीका उमाकान्त सापकोटाको मकैबारीमा गैंडा मरेको हो । स्थानीयले सोमबार बिहान गैंडा देखेपछि हल्लाखल्ला गरेका थिए ।


चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले किसानले बाली जोगाउन लगाएको विद्युतीय तरको करेन्ट लागेर गैंडा मरेको हुन सक्ने जानकारी दिए । ‘पोस्टमार्टम रिपोर्टमा गैंडा विद्युतीय झड्काका कारण मृत्यु भएको देखिएको छ,’ गैरेले भने । कहाँ कसरी करेन्ट लाग्यो, त्यसको अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन विनयकुमार मिश्रले बताए ।

प्रकाशित : पुस १९, २०७३ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?