२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

छोटकरी

इलाम — ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लब फिदिममा जारी टुबोर्ग आठौं फाल्गुनन्द गोल्डकप फुटबलको फाइनल पुगेको छ ।

ताप्लेजुङ फाइनलमा

इलाम (कास)– शुक्रबार सुनसरीको एलेभेन एरोज क्लबलाई १–० ले हराउँदै ताप्लेजुङ उपाधि नजिक पुगेको हो । ताप्लेजुङबाट सेगुनले विजयी गोल गरे । उनी निराजन खड्काको पासमा २९ औं मिनेटमा गोल गर्न सफल भए । 
तीन नाइजेरियन खेलाडीको साथ पाएको सुनसरीले पाएका पाँच राम्रा अवसर गुमाउँदा घर फर्कनुपर्‍यो । सुनसरीका निशान लिम्बूले तीन पटक अवसर चुकाए । खेलको म्यान अफ दी म्याच सुनसरीका सौजन्य राई भए । ताप्लेजुङले आइतबार फाइनलमा बिर्ता युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
प्राइम विजयी
काठमाडौं (कास)– ब्याचलर्स लेभलको बुम महिला बास्केटबल प्रतियोगितामा शुक्रबार प्राइम कलेजले जेभियर इन्टरनेसनललाई ३५–३३ स्कोरले पराजित गर्‍यो । प्राइमकी विष्णु मगर र जेभियरकी शान्ति श्रेष्ठले समान १५ स्कोर गरे । विशाल मिलन केन्द्र र एनसीसीएसले संयुक्त आयोजना गरेको प्रतियोगितामा ४ टिमले भाग लिएका छन् । प्रतियोगिताका अन्य टोली नासा र एनसीसीएसले आइतबार खेल्नेछ । 
कराँते सुरु
काठमाडौं (कास)– प्रथम आइकेकेएफ क्योकुसिन कराँते राष्ट्रिय च्याम्पियनसिप शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ ।
व्यक्तिगत तौल समूहमा नगद पुरस्कार राखिएको प्रतियोगिताको पहिलो दिन ६० केजीमा विजयी भएर काठमाडौंका भीमबहादुर थापामगर, कास्कीका गणेश अधिकारी, काभ्रेका राज राई, काठमाडौंका रोहित श्रेष्ठ, कास्कीका अनिष थोकर, सर्लाहीका विश्व लामा, रामकुमार सुनुवार र ललितपुरका एक्का तामाङ क्वाटरफाइनल पुगेका छन् । दुईदिने प्रतियोगितामा २२ जिल्लाका १ सय ७० खेलाडीले ६ तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित : पुस २३, २०७३ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?