२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

छोटकरी

ललितपुर — स्वस्थानी व्रत कथा बिहीबारदेखि सुरु भएको छ । महिनाभर राजधानी साँखुको शाली नदी र विभिन्न तीर्थस्थलमा मेला लाग्ने गर्छ ।

स्वस्थानी व्रत कथा आजदेखि 

ललितपुर (कास)– बिहान नुहाइधुहाई गरी महादेवको पूजा गरेर एक छाकमात्र खाने चलन छ । 
फरार अभियुक्त पक्राउ
काठमाडौं (कास)– भ्रष्टाचार मुद्दामा फैसला भई जरिवाना नतिरी फरार अभियुक्त पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतले १० करोड ५४ लाख ३ सय ८१ रुपैयाँ जरिवाना तोकिएका झापा गरामनीका लक्ष्मीप्रसाद आचार्य पक्राउ परेका हुन् । उनीमाथि कमसल धितो राखी सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडबाट ऋण लिएर डुबाउने अभियोग थियो । महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी आचार्यलाई अदालतको फैसला कार्यान्वयन एकाइमा बुझाएको छ । विशेष अदालतले उनलाई २०६२ कात्तिक १३ गते जरिवाना तोकेको थियो ।
आलु जोन परियोजना सुरु
भक्तपुर (कास)– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि मन्त्रालयले भक्तपुरमा आलु जोन परियोजना थालेको छ । मन्त्रालयले नगरकोट नगरपालिकाको ताथली, सुडाल, बागेश्वरीलाई आलु उत्पादनको प्रमुख क्षेत्र घोषणा गर्दै परियोजनाका लागि २ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले १० वर्षभित्र नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत स्वेच्छिक कृषियोग्य जमिनको एकीकरणमार्फत उत्पादन र बजारीकरणको अवधारणा अवलम्बन गरिने परियोजना प्रमुख अच्युतप्रसाद ढकालले बताए ।
सुवाल घरमा आगलागी
भक्तपुर (कास)– भक्तपुर दरबार स्क्वायरस्थित तलेजु भवानी मन्दिरको सुवाल घरमा आगलागी भएको छ । काठले बनेको दुईतले तलेजु भवानीलाई प्रसाद बनाउने सुवाल घर भनिने भान्सा कोठामा बुधबार दिउँसो बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट आँखीझयाल, ढोका, भर्‍याङ र दलिनमा क्षति पुगेको छ । आगलागीबाट १२ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

प्रकाशित : पुस २८, २०७३ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?