कांग्रेस सभामा गोली चल्दा १९ घाइते

नुवाकोट — कांग्रेस केन्द्रीय सदस्य रामशरण महत सहभागी जागरण सभामा बुधबार गोली चल्दा प्रहरीसहित १९ जना घाइते भएका छन् ।

कांग्रेस सभामा गोली चल्दा १९ घाइते

बजार नजिकै भइरहेको कार्यक्रममा एक्कासी ढुंगा प्रहार भएपछि प्रहरीले रबरका गोली चलाएको हो । चार गाविस गाभेर लिखु गाउँपालिका घोषणा गर्नुपर्ने माग राख्दै आएका आन्दोलनरत पक्षले ढुंगा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । भीडलाई तितरबितर गर्न प्रहरीले गोली तथा अश्रुग्यास प्रहार गर्दा उनीहरू घाइते भएका छन् । आन्दोलनकारीले आलुबारीबाट आधा घण्टासम्म ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीयले लिखु गाउँपालिका माग गर्दै ११ दिनदेखि आन्दोलन गर्दै आएका थिए । घटनामा १५ जना आन्दोलनकारी र एक सशस्त्र प्रहरीसहत घाइते भएका हुन् । तीन जनालाई रबरको गोली लागेको छ । आन्दोलनकारी सुजन न्यौपाने, लक्ष्मण गुणी र कान्छा भण्डारीलाई गोली लागेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको छ । उनीहरूको स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । आन्दोलनकारी विकास पुलामीको खुट्टा भाँचिएको छ । अश्रुग्यास र रबरको गोली चलेपछि केही समय जागरण कार्यक्रम स्थागित भएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले ४७ राउन्ड रबरका गोली र २२ राउन्ड टियरग्यास प्रहार भएको जानकारी दिए । एक्कासि ढुंगा प्रहार हुन थालेपछि सुरक्षाका लागि बल प्रयोग गरेको उनले बताए ।

प्रकाशित : माघ १३, २०७३ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?