कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

छोटकरी

काठमाडौं — मन्त्रिपरिषद्ले कानुन समूहका दुई सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कमलशाली घिमिरेलाई कानुन मन्त्रालय सारिएको छ ।

दुई सचिवको सरुवा

काठमाडौं (कास)– कानुन मन्त्रालयका सचिव राजीव गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएको छ । यसैबीच सरकारले नेपाल टेलिभिजनका अध्यक्ष महेशराज दाहाललाई कार्यकारी प्रमुख नियुक्त गरेको छ । मीनेन्द्र रिजाल सूचना तथा सञ्चारमन्त्री भएका बेला दाहाल एनटीभीको अध्यक्ष नियुक्त भएका थिए । सञ्चारमन्त्री सुरेन्द्र कार्कीको प्रस्तावमा मन्त्रिपरिषद्को पछिल्लो बैठकले दाहाललाई कार्यकारी अध्यक्ष बनाएको हो ।
करोडौं ठग्ने पक्राउ
काठमाडौं (कास)– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम उठाउँदै हिँडेका २९ वर्षीय मोहम्मद अजमत अली साह (अमन) लाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । उनले अहिलेसम्म १ करोड ३५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानले देखाएको छ । धनुषाको मिथिलेश्वर गाविसका साहलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा सानेपाबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनले १ वर्षमा डेढ सयभन्दा बढीसँग पासपोर्ट र पैसा उठाएको खुलेको छ । उनको कोठाबाट ३ भारतीयसहित १८० थान पासपोर्ट बरामद भएकाले पीडितबाट जाहेरीको संख्या बढ्न सक्ने एसएसपी मनोज न्यौपानेले बताए । नेपालबाट विदेश जान पासपोर्ट दिएकाहरूका भारतीय आफन्तबाट पनि पासपोर्ट र पैसा उठाएको अनुसन्धानका क्रममा खुलेको छ । पैसा उठाएर सम्पर्कविहीन हुने उनले रकम र पासपोर्ट फिर्ता माग्दा उल्टै धम्की दिने गर्थे । साहले प्रतिव्यक्ति १ लाख १० हजारदेखि ३ लाखसम्म उठाउने गरेका थिए । पुस २९ गते पक्राउ परेदेखि उनले ठगेको भन्दै प्रहरीमा ९४ जनाले जाहेरी दिइसकेको न्यौपानेले बताए । पीडित लगभग सबै साहका आफन्त, परिचित छन् । पीडितकै कागजात प्रयोग गर्दै निकालिएका १५ भन्दा बढी सिमकार्ड प्रहरीले बरामद गरेको छ । 
गाविस सचिवको तीन दिने अल्टिमेटम
भक्तपुर (कास)– गाविस हकहित संरक्षण केन्द्र नेपालले सरकारले गाविस सचिवहरूको मागलाई बेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । केन्द्रले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै आफूहरूले सरकारसमक्ष पेस गरेको पाँचबुँदे मागलाई सम्बोधन नगरे आगामी बिहीबारबाट देशैभरि कामकाज ठप्प पार्ने चेतावनी दिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सरकारलाई माग पेस गरेको केन्द्रले जनाएको छ ।  केन्द्रले सरकारले गत वर्ष स्वीकृत गरेको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता तुरुन्त भुक्तानी गर्न माग गरेको छ । 
गाविस सचिवलाई सरुवा भई अन्यत्र जानबाट लगाइएको प्रतिबन्ध फुकुवाको माग पेस गर्दै केन्द्रले सुनसरीको तनमुजा गाविसका सचिव हरिकुमार थापामाथि भएको दुव्र्यवहारको घटनाप्रति भत्र्सना गरेको छ । 

प्रकाशित : माघ १९, २०७३ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?