कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुलप्याड स्मार्टफोन नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौं — कुलप्याड स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । जय माँ इन्टरकन्टिनेन्टलले यो फोन नेपाल भित्र्याउँदै कम्पनीको प्रमुख र विशेष ‘कुल १’ फोन राजधानीमा सार्वजनिक गरेको जारी विज्ञप्तिमा छ । कम्पनीका अनुसार ‘कुल १’ नेपाली बजारमा १३ प्लस १३ एमपी ड्युअल रियर क्यामेरा भएको पहिलो फोन हो ।

 कुलप्याड स्मार्टफोन नेपालमा

यसको प्रमुख विशेषता एफ/२.० अपेर्चर र ड्युअल टोन एलडीडी फ्ल्याससहितको १३ एमपी जोडी सेन्सर रहेको कम्पनीको दाबी छ । कुल १ को मूल्य ३० हजार ९ सय ९६ रुपैयाँ तोकिएको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : फाल्गुन ४, २०७३ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?