कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छोटकरी

कान्तिपुर संवाददाता

ताप्लेजुङ — दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा मंगलबार सुरु प्रतियोगिताको पहिलो खेलमा आर्मीले मध्यमाञ्चल र पुलिसले पूर्वाञ्चललाई सोझो सेटमा हराएका थिए ।

आर्मी र पुलिस विजयी

ताप्लेजुङ (कास)– आर्मीले २५–१०, २५–१७, २५–१० ले र पुलिसले २५–१८, २५–१३, २५–१४ ले नतिजा निकालेका थिए । तीन विभागीयसहित पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल सहभागी छन् । विजेताले ३ लाख ३० हजार र उपविजेताले १ लाख ६५ हजार पुरस्कार पाउने छन् । 

पुन्निन्लाई सफलता
काठमाडौं (कास)– थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–२ को महिला एकलमा मंगलबार दोस्रो चरण पुगेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा पुन्निन्ले जापानकी मिओ कोजाकीलाई ६–०, ६–१ को सोझो सेटमा हराइन् । भारतकी किरण कलकलले नेपालकी अभिलाषा विष्टलाई ६–१, ६–१, भारतकी गौरी भगताले नेपालकी इरा रावतलाई ६–१, ७–६ (१) र चीनकी मिङक्यु याङले भारतकी यशस्वनी पन्वारलाई ६–२, ६–२ को सेटमा हराए । पुरुष एकलमा नेपालका सम्यकभूषण वज्राचार्य भारतीय इशान सेठीसँग ६–०, ६–० ले पराजित भए । 

साइपालको जित
काठमाडौं (कास)– साइपाल एकेडेमी छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबलको ब्वाइजतर्फ सेमिफाइनल पुगेको छ । साइपालले रुपिजलाई ४२–३५ ले पराजित गर्दै समूह उपविजेता बन्यो । निश्चल गुरुङले १४ स्कोर गरे । सेमिफाइनल पुगिसकेको आयोजक एसले काष्ठमण्डपलाई ३६–३४ को साँघुरो अन्तरले हरायो । एसका नियोन शेरचनले १८ स्कोर गरे ।


सौर्य कप बास्केटबल
काठमाडांै (कास)– सौर्य सेकेन्डरी स्कुलको आयोजनामा प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल बुधबार सुरु हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १२ र गल्र्समा ४ टिमको सहभागिता रहने जनाइएको छ । ब्वाइजको खेल लिग कम नकआउटका आधारमा र गल्सको खेल राउन्ड रोबिनमा हुनेछ ।

प्रकाशित : फाल्गुन ४, २०७३ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?