वार्षिकोत्सवमा रक्तदान

कान्तिपुर संवाददाता

मोरङ — कान्तिपुर पब्लिकेसन्स प्रालिको २४औं वार्षिकोत्सवमा पब्लिकेसन्स पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । पब्लिकेसन्सका ८ र आगन्तुक १० जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेमा ६ महिला र १२ जना पुरुष छन् ।

वार्षिकोत्सवमा रक्तदान

पब्लिकेसन्सका अनुजलाल कर्ण, दामोदर कार्की, गंगाराम भण्डारी, रमेश नेपाल, विशाल कोइराला, सुवास घिमिरे, सन्दीप मण्डल र शान्ति बस्नेतले रक्तदान गरे ।
यस्तै, अतिथिहरूमा पुनम चौधरी, नवनित कर्ण, सरिता कार्की थापा, यशोदा कार्की, अञ्जन कोइराला, फणिन्द्र थापा, ऋचा दाहाल, मन्जु सापकोटा, दीपक बस्नेत र सुमन खड्काले रक्तदान गरेका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७३ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?