धादिङमा बढ्दै ‘होमस्टे’

कान्तिपुर संवाददाता

आमकोट, धादिङ — भूकम्पपछि सुस्ताएको ग्रामीण पर्यटन फेरि जुर्मुराएको छ । बन्द भएका पुराना होमस्टे फेरि सञ्चालनमा आउन थालेका छन् । यसबाट आन्तरिक र बाह्य पर्यटनको आकर्षण पनि थपिएको छ । वस्तीहरूमा सडक सञ्जाल फैलिएकाले पनि पर्यटकहरूको आगमन सहज भएको हो ।

‘बस्तीहरूमा होमस्टे सञ्चालनको माग आएपछि हामी हौसिएका छौं,’ ४० जनाको समूहमा नलाङको सिद्धबावा लेक आएका रामप्रसाद सापकोटाले भने । राजधानीबाट पूर्वपर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरसहित आन्तरिक पर्यटक आमकोट र कमलाबारी आएका छन् । उनीहरूलाई मगरबस्तीमा आरम्भ गरिएको होमस्टेमा मगर समुदायहरूले मौलिक सोरठी नाचले स्वागत गरेका थिए । पर्यटन व्यवसायी राकेश धमलाले कोरियन दातृ निकायको सहयोगमा नीलकण्ठको मधुवनलाई बीपी गाउँमा परिणत बस्तीलाई पर्यटकीय गाउँ बनाउन करिब १० करोडको लगानी भित्र्याएका छन् । पहिलो चरणमा सामुदायिक भवन, चक्रपथ निर्माण, होमस्टेहरू निर्माण भइरहेको धमलाले बताए । चालु आर्थिक वर्षलाई सरकारले ‘घुमफिर वर्ष’ घोषणा गरेको छ । यसै अवसरमा नौबिसे, खाल्टे, ज्याम्रुङ, नीलकण्ठलगायतका जिल्लाका होमस्टेलाई सुधार गरिएको छ । यी होमस्टेहरू पुन: सञ्चालन हुन थालेको छ ।

प्रकाशित : फाल्गुन १५, २०७३ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?