कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

छोटकरी

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले दी टिम्बर कर्पोरेसन अफ नेपालको महाप्रबन्धकमा राजु लौडारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिअनुसार खुला प्रतिस्पर्धाबाट लौडारी छनोट भएका थिए ।

महाप्रबन्धकमा लौडारी

काठमाडौं (रासस)–

वाद्य गुरुलाई अभिनन्दन गरिने
भक्तपुर (कास)– मध्यपुरठिमी ७, पाचोका ८७ वर्षीय परम्परागत नृत्य तथा वाद्य गुरु श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरिने भएको छ । ओस्ला नेपालको संयोजनमा मध्यपुरठिमीमा अवस्थित एक सय एक सामाजिक संस्थाले अभिनन्दन गर्न लागेको मूल समारोह समिति संयोजक मदनसुन्दर श्रेष्ठले बताए । ६ वर्षको उमेरदेखि विभिन्न नृत्यमा संलग्न भई प्रजापतिले परम्परागत भैरव, महाकाली, अष्टमातृका, भष्मासुर, लाखे, ज्यापु/ज्यापुनीलगायत दर्जन बढी नाच प्रशिक्षण दिएका छन् । यस्तै युवा पुस्तालाई उनले धिमे, मृदङ्ग, दाफा खिं, दाग खिं (धा बाजा) को प्रशिक्षणसमेत दिएको संयोजक श्रेष्ठले बताए ।
अभिनन्दन समारोहमा प्रजापतिले सिकाएका सांस्कृतिक नृत्य र झाँकी प्रदर्शन गर्ने तयारी गरिएको छ । समारोहमा समितिले स्मारिका, प्रजापतिको तस्बिर अंकित चाँदीका सिक्का र आत्मवृत्तान्त पुस्तकसमेत सार्वजनिक गर्ने समितिले जनाएको छ । प्रजापतिलाई शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनको आतिथ्यमा अभिनन्दन गरिनेछ ।

घलेका २२ कृति विमोचन
काठमाडौं (रासस)– समाजसेवी एवं पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई संग्रह गरी लेखेका २२ कृति विमोचन गरिएको छ । बिहीबार विमोचित कृतिमा आत्मवृतान्त, निबन्ध, कवितालगायत छन् । ती कृतिमा सौन्दर्य, प्रकृति, जनसंख्या, जीवनजस्ता विषयलाई विम्ब बनाइएको छ ।

घूससहित अधिकृत पक्राउ
काठमाडौं (रासस)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मीनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई २५ हजार रुपैयाँ घूससहित कार्यस्थलबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार शाखा अधिकृत रिजाल महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनमा विभिन्न बहानामा बिहीबार घूस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको पक्राउ गरेको हो ।

‘क्षमता वृद्धि गर्नुपर्छ’
काठमाडौं (रासस)– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । शीतलनिवासमा बिहीबार महान्यायाधिवक्ता कार्यालयको ०७२/७३ को वार्षिक प्रतिवेदन बुझै यस्तो बताएकी हुन् । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिलले प्रभावकारी तरिकाले काम गरिरहेको बताएका थिए ।

प्रकाशित : फाल्गुन २०, २०७३ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?