कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यालयको माइन्युट पार्टीको कब्जामा

कान्तिपुर संवाददाता

रुकुम — राजनीतिक सहमति आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने मागसहित एमाले खोलागाउँ कमिटीले आठ महिनाअघि लिएको खोलागाउँ २, विसाउनचौरस्थित ऐश्वर्य आधारभूत विद्यालयको माइन्युट अझै फिर्ता गरेको छैन ।

गत भदौमा भएको अभिभावक भेलाका क्रममा लिइएको माइन्युट फिर्ता नगरेपछि व्यवस्थापन समिति गठनमा थप छलफल अघि बढ्न नसकेको हो ।

बैठकको निर्णय पुस्तिका पटकपटक माग गरिए पनि एमालेले फिर्ता नगरेको निमित्त प्रअ देपेन्द्र पुनले बताए । भदौमा भएको अभिभावक भेलाका क्रममा पेवलप्रकाश राना र नारायण राना विव्यस अध्यक्षको आकांक्षी देखिएका थिए । पेवल कांग्रेस र नारायण एमाले निकट हुन् । दुबैबीच सहमति हुन नसक्दा समिति गठन हुन सकेको थिएन । विवाद लम्बिँदै गर्दा सहमतिमा व्यवस्थापन समिति गठन गर्नुपर्ने भन्दै एमालेले उक्त माइन्युट लिएको थियो । एमाले खोलागाउँले भने माइन्युट नलिएको दाबी गरेको छ । एमाले खोलागाउँ इन्चार्ज गणेश अधिकारीले एमालेले कुनै पनि विद्यालयको माइन्युट नलिएको बताए । यस विषयमा आफूलाई कुनै जानकारी नभएको पनि उनी बताउँछन् ।
जिल्ला शिक्षा कार्यालयले भने यस विषयमा कार्यालयमा कुनै जानकारी नआएको बताएको छ । जिशिअ पूर्णबहादुर अछामीले यसबारे केही जानकारी नआएको बताए । ‘योसहित जिल्लाका २६ विद्यालयको विव्यस गठन त हुन सकेको छैन ।

प्रकाशित : फाल्गुन २१, २०७३ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?