कान्तिपुरकर्मी सम्मानित

कान्तिपुर संवाददाता

मुगु — महिला हकअधिकारबारे उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसमा मुगुस्थित कान्तिपुर संवाददाता राजबहादुर शाही सम्मानित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि डा. डिला संग्रौलाले शाहीलाई सम्मान गरेकी हुन्। कार्यक्रममा गोरखापत्र दैनिकका नृपेन्द्रबहादुर मल्ल, नागरिक दैनिकका सुमन मल्ल, अन्नपूर्ण पोस्टका जीवन सेजुवाल र रेडियो मुगुका श्याम बीसीलाई पनि सम्मानित भएका थिए। त्यस्तै छाउपडीमुक्त घर बनाएबापत पिना ५ की छैटोला भाम र पिना १ का झाँक्री वीरसिंह नेपालीलाई सम्मान गरिएको महिला विकास अधिकृत हसिना पराजुलीले बताइन्।

प्रकाशित : फाल्गुन २६, २०७३ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?