कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

किराना पसल छाडेर गाईपालन

कान्तिपुर संवाददाता

प्यूठान — दुई वर्षअघि बिजुवार जुम्रिमा खुद्रा पसल गर्ने प्यूठान नगरपालिका २ दाखाक्वाडिका दीपक गौतम दम्पती अहिले गाईपालनमा लागेका छन् । पसल गर्दा नजिकै दूध डेरीमा जिल्ला बाहिरकाले डेरी चलाएको देखेपछि उनीहरू गाईपालनमा लागेका हुन् । जिल्ला पशु सेवाको समन्वयमा गाई पाल्न थालेका उनीहरू हिजोआज यसैमा रमाएका छन् ।

किराना पसल छाडेर गाईपालन

‘खुद्रा पसलमा खासै आम्दानी थिएन,’ पत्नी सीताले भनिन्, ‘गाई पाल्न थालेपछि आम्दानी राम्रै गरेका छौं ।’ उनले पशु सेवा कार्यालयको समन्वयमा १० वटा जर्सी क्रस जातको गाई पालेको छन् । ‘हिजोआज दुहुना गाई ४ वटा छन्,’ सीताले भनिन्, ‘दैनिक ४० लिटरभन्दा बढी दूध डेरीका लैजान्छौं ।’ उनले खुद्रा पसल गर्दा ग्राहक आउन बाटो हेर्न पर्नेमा गाईपालनमा आफ्नै धुनले काम गर्न पाइने बताइन् । उनीहरूको गाई फर्ममा अहिले ६ वटा गाई ब्याउने छन् । दूध बिक्री गरेको आम्दानीले तीन छोराछोरीलाई काठमाडौं राखेर पठाएको दीपकले जनाए । ‘उत्पादनमा नलागेसम्म पारिवारिक तथा जिल्ला समृद्ध बनाउन सकिँदैन,’ दीपकले भने, ‘जिल्लालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउन पछिल्लो युवा पुस्ता उत्पादनमा लाग्नुपर्छ ।’
सरकारले उत्पादनमा युुवालाई आकर्षित गर्न कृषि र पशु अनुदानमा कार्यक्रम ल्याए पनि अझै युवापुस्ता नलाग्ने उनले बताए । घाँसको बीउ, ढुवानीलगायत पशु सेवा कार्यालयले १ लाख २० हजार आर्थिक सहयोग गरेको गौतम बताउँछन् । उनले रूपन्देही भैरहवाबाट जर्सी क्रस जातका गाई ल्याएर पालेका छन् । ‘पाँच रोपनी क्षेत्रफलमा घाँस खेती गरेका छौं,’ दीपकले भने, ‘गाई पाल्नलाई घाँसको समस्या छैन ।’ 
उनले दाना पिस्ने मेसिन, सुक्खा घाँस कटिङ गर्ने चापकटर पनि पशु सेवाबाटै सहयोग पाएका हुन् । ‘जोखिम कम गर्न सबै गाईको बिमा गराएका छौं,’ दीपकले भने, ‘सरकारले पशुपालनमा सहयोग गर्दैछ हामी किन पछि हट्ने †’ उनले एउटा गाई गत वर्ष बिरामी परेर मरेपछि मूल्यांकनको ९० प्रतिशत बिमा पाएको बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७३ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?