२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

छोटकरी

भक्तपुर — पैदलयात्रीलाई मध्यपुरठिमीमा बा७३प ५३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका चालकको मृत्यु भएको छ ।

दुर्घटनामा चालकको मृत्यु

भक्तपुर (कास)– काठमाडौंबाट भक्तपुर जाने क्रममा सर्लाही घर भई दधिकोट बस्ने २५ वर्षीय साजन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नर्भिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । सामान्य घाइते पैदल यात्रु भने उपचारपछि घर फर्किसकेका छन् ।

कर्मचारी युनियनमा धौभडेल
भक्तपुर (कास)– नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्यसमिति भक्तपुरको सातौं जिल्ला अधिवेशनले विजयप्रसाद धौभडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टेकेन्द्रप्रसाद ढकाल, महिला उपाध्यक्षमा मुना कोइराला र समावेशी उपाध्यक्षमा राधेश्याम कर्माचार्य, सचिवमा सूर्य पौडेल, सहसचिवमा जगदीश थापा, कोषाध्यक्षमा नेत्रबहादुर कटुवाल चुनिए । सदस्यमा विष्णुप्रसाद हुमागाईं, धनञ्जय अर्याल, अशोककुमार पन्त, नातिभाइ नायजु, केदार गिरी, बटु खडका, कविता भण्डारी र सम्झना न्यौपाने चयन भए ।

३ करोडमा विद्यालय पुनर्निर्माण
ललितपुर (कास)– भूकम्पले क्षति पुगेको खोकनाको रुद्रायणी माविको भवन ३ करोड रुपैयाँमा पुनर्निर्माण गरिएको छ । फ्रान्सस्थित सकु पपुल: फ्रंसे (एसपीएफ) को सहयोगमा सहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले भवन पुनर्निर्माण गरेको हो ।
२ तला रहेको ६ कोठे भवन निर्माणमा ३ करोड २ लाख ५९ हजार ६९६ रुपैयाँ खर्च भएको युम्सले जनाएको छ । 
अध्यक्ष प्रेमसिंह महर्जनका अनुसार नयाँ भवन निर्माण मात्र नभई पुराना भवनको प्रवलीकरण (रेट्रोफिटिङ), रङरोगन पनि गरिएको छ । ‘टेबल, कुर्सी निर्माण, अपांगमैत्री शौचालय, बायोस्यान्ड फिल्टरसहितको शुद्ध पिउने पानीको व्यवस्था गरेका छौं,’ उनले भने । भवन उद्घाटन गर्दै सभामुख ओनसरी घर्तीले परम्परागत ढाँचाको शिक्षाले मुलुकको उन्नतिमा बाधा पुगेको भन्दै व्यवहारिक शिक्षा आवश्यक रहेको बताइन् । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले सामुदायिक विद्यालयका शिक्षकहरूलाई जागिर खाने सोचले मात्र काम नगर्न आग्रह गरे ।

सफाइ अभियानमा युवा
ललितपुर (कास)– महालक्ष्मी १६, इमाडोलस्थित महालक्ष्मी जागरुक युवा क्लबले ‘फोहरमैला सरसफाइ तथा वातावरण संरक्षण अभियान’ थालेका छन् । नगरको सीमा रिङरोड बाहिरतर्फ ग्वार्को पुल तथा फुल्चोकीबाट आएको कोडकु खोला स्वच्छ राख्ने उद्देश्य राखेको क्लबका महासचिव विजयसिंह थापाले बताए । ‘सरसफाइ तपाईंको हातमा, युवा तपाईंको साथमा’ भन्ने नारासहित अभियान सुरु भएको हो ।

प्रकाशित : चैत्र २, २०७३ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?