कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतीय सेनाध्यक्ष नेपाल आउने

नयाँदिल्ली — भारतीय सेनाध्यक्ष विपिन रावतले यही चैत १५ देखि १८ सम्म नेपालको भ्रमण गर्ने भएका छन् । समाचार स्रोतका अनुसार भ्रमणको कार्यतालिका बनिसकेको छ, जसलाई केही दिनभित्रै सार्वजनिक गरिनेछ ।

भारतीय सेनाध्यक्ष नेपाल आउने

 यस अगाडि गत डिसेम्बरको अन्तिम साता रावत भारतीय सेना अध्यक्ष भएलगत्तै नेपाली सेनाको प्रस्तावमा नेपालको मन्त्रिपरिषद्को बैठकले उनलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । रावतले तत्काल नेपालको निम्तोलाई स्वीकार गरेपछि भ्रमणको तयारी भएको हो ।
चारदिने नेपाल भ्रमणको समयमा रावतले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँड तथा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटघाट गर्ने कार्यक्रम छ । उनले पोखरामा रहेको भारतीय पेन्सन क्याम्पको निरीक्षण तथा मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम पनि छ ।
राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति भण्डारीले रावतलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने कार्यक्रम छ । नेपाली र भारतीयको सेनाको बीचमा निकै लामो समयदेखि यो प्रचलन छ, जसलाई दुई सेनाबीचको विशेष सम्बन्धका रूपमा व्याख्या गरिँदै आएको छ । 

प्रकाशित : चैत्र ६, २०७३ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?