कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नवीनको ‘साथ’

लेखनाथ — गायक नवीन कटुवालको दोस्रो एल्बम ‘साथ’ आएको छ । पोखरामा आइतबार गायक बिनोद बानिया, संगीत प्रशिक्षक नवराज बराल, श्रीमान थुलुङ र मेनकाजी गुरुङले उक्त एल्बम विमोचन गरे ।

चार गीत समावेश एल्बमका सबै गीतमा प्रकाश नेपालीको संगीत छ । एल्बममा समावेश ‘मलाई खुसी...’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । म्युजिक भिडियोको निर्देशन र सम्पादन अपिल त्रिपाठीले गरेका हुन् । सरोज अधिकारीको छायांकन तथा सुवास अम्गाईले रंग संयोजन गरेको भिडियोमा मिलन थापा, अनु शाह र अनिल अधिकारीले मोडलिङ गरेका छन् ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?