वन जोगाउन र्‍याली

कालीकोट — सुक्खा याममा हुने आगलागीबाट वन जोगाउने अभियानअन्तर्गत महिलाले मान्ममा सचेतनामूलक र्‍याली प्रदर्शन गरेका छन् । जिल्ला वनको संयोजनमा सामुदायिक वन उपभोक्ता समिति आवद्ध महिला र्‍यालीमा सहभागी भएका हुन् ।

वन जोगाउन र्‍याली

सुक्खा याम लागेपछि वनमा आगो लगाए घाँस छिटो उम्रिन्छ भन्ने सोचाइले आगो सल्काउने चलन हटाउन चेतनामूलक कार्यक्रम गरिएको हो । जिल्ला वन अधिकृत अचल ढुंगानाले आगलागी हँुदा जडीबुटी, काठ, रूख–बिरुवा नष्ट हुने बताए । वन जोगाऔं, रूख रोपौंलगायत नारा लगाउँदै ताडी, मान्म, बरातुलगायतका वन समूहका महिलाले प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?