कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्य अधिकारमा कार्यशाला

ललितपुर — नेपालको सन्दर्भमा पर्याप्त खाद्य अधिकार र अनुगमनमा रहेका मुख्य चुनौतीलगायतका विषयबारेको चार दिने राष्ट्रिय कार्यशाला सोमबार सकिएको छ ।

संयुक्त राष्ट्रसंघ मातहतको कृषि तथा खाद्य संगठन (एफएओ) र राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको राष्ट्रिय कार्यशालामा खाद्य, मानव, महिला र सिमान्तकृत समुदायसँग आवद्ध भएका अधिकारकर्मी, कृषि विकास, महिला बालबालिका तथा समाज कल्याण, कानुन लगायतका मन्त्रालयका सरकारी अधिकारी, तथ्यांक विभागलगायत तीन दर्जनभन्दा बढी सहभागी थिए । स्रोत व्यक्ति भारतीय अर्थ मन्त्रालयका सल्लाहकार तथा प्राध्यापक राजीव मल्होत्रालगायत थिए । 

प्रकाशित : चैत्र ८, २०७३ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?