छोटकरी

काठमाडौं — टुरिजम डेभलेपमेन्ट बैंकले आठौं वर्ष प्रवेश गरेको अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खडकाले फाउन्डेसनकी कुञ्जना घिमिरेलाई सोमबार राजधानीमा सहयोग रकमको चेक हस्तान्तरण गरेको जारी विज्ञप्तिमा छ ।

टुरिजम डेभलपमेन्टद्वारा ५ लाख 

काठमाडौं (कास)– नमुना मुसहर बस्ती निर्माण गर्न सहयोग पुगोस् भनेर फाउन्डेसनलाई सहयोग गरिएको बैंकले जनाएको छ । 

एभरडाइमको वितरक नियुक्त 
काठमाडौं (कास)– डेउ हेभी इन्डस्ट्रिज कोरियाको भगिनी कम्पनीका रूपमा स्थापित ‘एभरडाइम’ ले नेपालमा आफ्नो वितरकमा एफजी इन्कर्पोरेटेडलाई नियुक्त गरेको छ । कम्पनीले रकब्रेकर तथा एट्याचमेन्ट, फायर फाइटिङ भेइकल, टावरक्रेन, बुमपम्प, ह्यामरड्रिललगायतका उत्पादन गर्दै विश्वका ८० भन्दा बढी मुलुकहरूमा बिक्री वितरण गर्दै आएको जारी विज्ञप्तिमा छ । विभिन्न खानीहरू, सिमेन्ट कारखाना तथा निर्माण कम्पनीहरूमा ७५ थानभन्दा बढीको संख्यामा एभरडाइम रकब्रेकरहरू नेपालमा चलिरहेका र यिनको माग दिनानुदिन बढदै गइरहेको कम्पनीले दाबी गरेको छ ।
 
युनिभर्सल इलेक्ट्रोकमद्वारा हिटाचीसँग साझेदारी
काठमाडौं (कास)– हिटाचीले युनिभर्सल इलेक्ट्रोकमसँग व्यापारिक साझेदारीको घोषणा गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा आगन्तुकहरूलाई कम्पनीका टीभी, एयर कन्डिसनर, रेफ्रिजेरेटर, भ्याकुम, क्लिनर तथा ग्यास चुलो नेपाली बजारमा ल्याएको जानकारीसमेत दिइएको विज्ञप्तिमा छ ।

उद्योग विज्ञ सम्मेलन सकियो 
काठमाडौं (कास)– राजधानीमा उद्योग विज्ञहरूको सम्मेलन सम्पन्न भएको छ । नेपालको प्रतिभा पलायन नियन्त्रण तथा बेरोजागरी समस्या समाधान गर्ने उपायहरूको खोजीमा सम्मेलन केन्द्रित रहेको जारी विज्ञप्तिमा छ । काठमाडौं डोन बस्को कलेजसँगको सहकार्यमा मानवसंसाधन समाजद्वारा आयोजित दोस्रो उद्योग विज्ञ सम्मेलनका सहभागीहरूले रोजगारी सिर्जना र श्रमशक्तिलाई ज्ञान–संसाधनमा परिवर्तन गर्ने सन्दर्भमा नेपालले सामना गरिरहेका विभिन्न समस्याहरू उठान गरेका थिए ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?