कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमलाई दुई पदक

काठमाडौं — नेपालका धावक सोमबहादुर कुमालले ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपको पुरुष ४ र ८ सय मिटर दौडमा पदक जितेका छन् । नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीका अनुसार सोमबहादुरले ८ सय मिटरमा स्वर्ण र ४ सय मिटर दौडमा रजत पदक जितेका थिए ।

सोमलाई दुई पदक


सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ उत्कृष्ट खेलाडी चुनिएका सोमले मार्च १८ मा स्वर्ण र मार्च १९ मा रजत जितेका थिए ।
प्रतियोगितामा सहभागी अर्का धावक यामसाजन सुनार १ सय मिटर दौडमा पाँचौं र २ सय मिटर दौडमा छैटौं स्थानमा रहेका थिए ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?