प्रहरी टिम च्याम्पियन

काँकडभिट्टा — झापा सदरमुकाम भद्रपुरमा भएको ११ औं जिल्लास्तरीय नकआउट फुटबलको उपाधि पूर्व क्षेत्रीय प्रहरी टिम रानीले जितेको छ । प्रहरीले फाइनलमा युनाइटेड क्लब बिर्तामोडलाई २–० ले पराजित गर्दै ४० हजार रुपैयाँ पुरस्कार जितेको हो ।


युनाइटेडको भागमा ३० हजार पर्‍यो । भद्रपुर माविको मैदानमा खेलको २४ औं मिनेटमा विशाल खवासले गोल गरेका थिए । दोस्रो हाफको २६ औं मिनेटमा प्रहरीले पेनाल्टी मौका पायो । तर कप्तान मित्र बस्नेत त्यसमा गोल गर्न चुके । अन्तत: इन्जुरी समयको दोस्रो मिनेटमा उज्वल राईले दोस्रो गोल गर्दै प्रहरीलाई सहज जित दिलाए । विशाल खवास म्यान अफ द म्याच भए । कप्तान मित्र म्यान अफ द सिरिज चुनिए ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?