कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

गुल्मी — धुर्कोट गाउँपालिका–४ जैसीथोकमा आइतबार राति भएको जिप दुर्घटनाका घाइतेमध्ये चालकको मृत्यु भएको छ । जैसीथोकबाट तम्घास आउने क्रममा लु१च ९२६३ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खस्दा चालक इस्मा गाउँपालिका–४ अमरपुरका प्रेम मुखिया र राजु खत्री घाइते भएका थिए । उपचार क्रममा सोमबार मुखियाको बुटवलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

दुर्घटनामा चालकको मृत्यु

गुल्मी (कास)–

करेन्ट लागेर मृत्यु
धादिङ (कास)– खोलामा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । नीलकण्ठ–८ का४० वर्षीय हरि तामाङ घर नजिकै थोपल खोलामा सोलार ब्याट्री र इन्भर्टर लिएर माछा मार्न गएका थिए । माछा मार्न इन्भर्टर चलाएर खोलामा पसेका तामाङलाई करेन्ट लागेपछि स्थानीयले जिल्ला अस्पताल पुर्‍याए पनि उनको मृत्यु भइसकेको थियो । 

घर हस्तान्तरण
काभ्रे (कास)– हातेमालो थाइल्यान्डको सहयोगमा काभ्रे सेवा समाजले भूकम्पपीडितका लागि बनाएका अस्थायी घर हस्तान्तरण गरेको छ । ६१ परिवारका लागि निर्माण गरिएका ती घरमा सोलार जडान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, हातेमालोका प्रतिनिधि क्रिस्टिना म्याक्नव र सिद्धि अर्यालले घर हस्तान्तरण गरेका थिए । पनौती नगरपालिका र साबिक होक्से, पाँचखाल, साठीघर, भगवती गाविसका पीडितलाई घर वितरण गरिएको हो ।

नयाँशक्तिबाट माओवादी केन्द्रमा
गुल्मी (कास)– नयाँ शक्ति नेपालका जिल्ला संयोजकसहित पाँचजना विभागीय प्रमुखले पार्टी छाडेका छन् । आर्थिक समृद्धि र पुन:संरचनाको नीति र विचारबाट विचलित हुँदै जातीय र क्षेत्रीय पार्टी गठनतिर लागेकाले रहन नसकेको उल्लेख गर्दै जिल्ला संयोजक मनिराम ज्ञवालीसहितको टोलीले पार्टी छाडेको घोषणा गरेका हुन् । यसरी छाडेको घोषणा गर्नेमा आर्थिक विभाग प्रमुख शेरबहादुर सर्तुंगी, युवा इन्चार्ज टीकाराम पोखरेल, महिला इन्चार्ज वेदना गुरुङ, जिल्ला सदस्य कुलबहादुर सराङकोटी छन् । उनीहरू सबै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

प्रकाशित : वैशाख ५, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?