१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सूचना दिँदैनन् निर्वाचन अधिकृत

जुम्ला — स्थानीय तह चुनावसम्बन्धी जिल्लामा भएका गतिविधिबारे सूचना पाउन कठिन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा मनोनयन, उम्मेदवारी फिर्ता र अन्तिम नामावलीलगायत आधिकारिक सूचना दिन सकेको छैन ।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले सञ्चारकर्मीलाई सूचना दिन नमानेका हुन् । पटक–पटक फोन सम्पर्क गर्दा विफल भएपछि शुक्रबार दिउँसो मुख्य निर्वाचन कार्यालयमा पुगेका सञ्चारकर्मीसँग भने, ‘मसँग सूचना छैन, तपाईंहरूलाई आवश्यक परे निर्वाचन आयोगमा जानुहोस् । मेरो सूचना दिने काम होइन ।’ 

जिल्लाका १ नगरपालिकासहित ७ गाउँपालिकामा भएको मनोनयनबारे उनले जानकारी दिन इन्कार गरे । उनले आफू कर्मचारी खटनपटनमा व्यस्त रहेकाले सूचना दिन नसक्ने बताए । उनले आफू सूचना दिन नबसेको भन्दै कर्मचारी खटनपटनका काममा बाधा नपुर्‍याउन सञ्चारकर्मीसँग आग्रह गरे ।
गाउँपालिकाहरूमा खटिएका सबै निर्वाचन अधिकृतलाई सूचना प्रदान गर्न ल्यापटप र इन्टरनेट चल्ने वाइम्याक्सको सुविधा दिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आजसम्म विवरण आउन सकेको छैन । गाउँपालिकाबाट सूचना अझै नआएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना दिन आलटाल गरेको हो ।

प्रकाशित : वैशाख २४, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?