पत्रकार लम्साल राजदूत नियुक्त

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा डेनमार्कको राजदूतमा पत्रकार युगनाथ लम्साललाई बिहीबार नियुक्त गरेकी छन् ।

कुर्घा ३ पर्वतका लम्साल लामो समयदेखि सरकारी स्वामित्वमा रहेको ‘दि राइजिङ नेपाल’ मा रहेर पत्रकारिता गर्दै आएका व्यक्ति हुन् । एक वर्षदेखि खाली रहेको उक्त नियोगमा जतिसक्दो छिटो जिम्मेवारी सम्हाल्ने लम्सालले बताएका छन् । वर्तमान सरकारले गरेको १२ राजदूतको सिफारिसमा उनी पुन: परेका हुन् । १२ मध्ये ७ राजदूत नियुक्त भइसकेका छन् । अन्यको एग्रिमो आउने क्रममा छ ।

प्रकाशित : वैशाख २९, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?