जुनीचाँदे र नलगाडमा माओवादी

जाजरकोट — त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा माओवादी केन्द्रका टेकबहादुर रावल र उपप्रमुखमा बालकुमारी बस्नेत विजयी भएका छन् । रावल ३ हजार ४ सय १५ र बस्नेत ३ हजार २ सय ४१ मत ल्याएर विजयी भएका हुन् ।

प्रमुखका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छवि पन्त (२८९५) र उपप्रमुखका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी धनमाया शाही (२९१२) हुन् । त्रिवेणी नलगाडमा माओवादीले ७, एमालेले ४ र कांग्रेसले २ वडा अध्यक्ष जितेको छ । 
त्यस्तै जुनीचाँदे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका कृष्णबहादुर केसी र शिवा आचार्य बस्नेत विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?