प्रतिभा पलायन

डा. अजय रिसाल

‘सर! रिकमेन्डेसन लेटर बनाइदिनोस् न प्लिज’, मकहाँ वर्षमा दुई–तीनपटक यसरी नै आउँछन्, विद्यार्थी। एमबीबीएस सफलताका साथ उत्तीर्ण गरेर मेडिकल काउन्सिलबाट डाक्टरी सर्टिफिकेट लिइसकेका उनीहरू देश छाड्न चाहन्छन्।

अमेरिकाको लाइसेन्सिङ परीक्षाका दुई चरण पार गरिसकेपछि त्यहाँ राम्रो विषय पाउने या पायक पर्ने ठाउँमा म्याचिङ हुने उनीहरूको चाहना हुन्छ। त्यसमा योग्य उत्पादन र आशा गरिएका अनुहार बढी पर्छन्। त्यस्तै विज्ञान, इन्जिनियरिङ, व्यवस्थापनजस्ता विषय पढेका अनेकौं योग्यतमहरू पीएचडी गर्ने क्रममा शनै:शनै: विदेशी पीआर/ग्रिनकार्ड होल्डर बनेर सामाजिक सञ्जालमा झुल्किरहेका भेटिन्छन्। यसैलाई नै ‘प्रतिभा पलायन’ हो कि? मनमा हुन्डरी चल्छ– त्यसो भए यो देशमा बाँकी को त?’
अध्ययनमा राम्रो गर्न नसकेका र राम्रो जागिर नपाएकाहरू खाडी मुलुकमा पसिना चुहाउने, राम्ररी अध्ययन गरेका र स्वदेशमै गतिला अवसरको सम्भावना भएकाहरू भने अमेरिका, अष्ट्ेरलिया, युरोपतिर आफ्नो योग्यता, ज्ञान र सीप लुटाउने। हरे† फेरि पनि मनमा थकथक लाग्छ– त्यसो भए हाम्रो मुलुकमा रहने को त? रिटायर्ड, वृद्घ, आश्रित वर्ग अनि राजनीति गर्नेहरू मात्र? यसको मतलब योग्यतमहरू विदेश जाँदै नजाउन् भन्न खोजेको भने होइन। जानुपर्छ, जाने नै हो, तर ऊर्जाशील उमेर विदेशी माटोमै सक्काउने या त्यतै भासिनेतिर नलागुन् भन्ने अभिप्राय: मात्र हो।
वास्तवमा प्रतिभा पलायनको यस्तो डरलाग्दो चुनौतीपूर्ण परिदृश्य धेरै पहिलेदेखि नै थाहा भएको हो। विश्व बैंकको सन् २००० को तथ्यांकअनुसार विश्वका १० समर्थ कहलाइएका देशहरूमा अनुसन्धान र सूचना प्रविधिका क्षेत्रमा काम गर्नेमध्ये ४५ प्रतिशत अन्य मुलुकबाट आएका भेटिन्छन्। तीमध्ये २४ देश त विकासोन्मुख या अल्पविकसित नै छन्। त्यसमा दक्षिण एसियाली मुलुक पनि पर्छन्। सन् २००० कै अर्को तथ्यांकले देखायो कि विश्व जनसंख्याको करिब ३ प्रतिशत युवा आफू जन्मेकोभन्दा भिन्न देशमा एक वर्षभन्दा बढी अवधि बसिरहेका थिए। प्राय: ती नर्सिङ या डाक्टरी पृष्ठभूमिका थिए। मुख्यतया इजिप्ट, भारत, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरियाजस्ता देशबाट अष्ट्रेलिया, क्यानाडा, जर्मनी, बेलायत वा अमेरिकातिर भासिएका। करिब दुई दशकपछिको स्थिति हेर्ने हो भने पनि त्यो संख्या घटेको छैन, झनै बढेको छ। सँगसँगै नेपाल पनि योग्य जनशक्तिलाई विदेश निर्यात गर्ने देशहरूमा अग्रणी स्थानमै उभिन्छ। हाम्रो देशबाट वर्षभरिमा २ लाख ५० हजार युवा विदेश पलायन हुने राष्ट्रिय तथ्यांक छ। हालसालै (सन् २०१५ मा) नर्सहरूमा गरिएको अध्ययनले यो कुरा अझै प्रस्ट्याएको छ, विदेश पलायन भएका नेपालका नर्सहरूमध्ये ४० प्रतिशत अष्ट्रेलिया, ३० अमेरिका, १६ बेलायत र १३ प्रतिशत क्यानाडामा छन्।
यस्तो प्रवृत्ति विकासशील देशहरूबाट विकसिततर्फ भइरहेको पाइन्छ। विकासशील या अल्पविकसित हाम्रोजस्ता देशमा व्याप्त राजनीतिक नैराश्य, अध्ययन–अनुसन्धानमा स्रोतसाधनको कमी, तलब–सुविधा आदिको अव्यवस्था अनि सामाजिक असुरक्षाजस्ता कारण बाहिरिने बाध्यता छ। विकसित देशमा रहने जीवनवृत्तिको सुविधा, प्रविधिको पहुँच अनि भविष्यको स्थायित्व आदिले तानिरहेको हुनसक्छ। विकसित मुलुकहरूमा खासगरी प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको चरम अभावले यो माग बढाएको हुनसक्छ।
आजको युगमा शिक्षा, स्वास्थ्य अनि रोजगारीका लागि आमजनता एक मुलुकबाट अर्कोतर्फ स्थानान्तरण हुनुलाई जीवनको एक स्वाभाविक घटना नै मान्नुपर्छ। तर प्रतिभा पलायको यस्तो चुनौतीलाई हाम्रोजस्तो देशमा अवसरका रूपमा उपयोग गर्न पो सकिन्छ कि? त्यसका लागि आफ्नो मुलुकमा काम र माम दिने विकसित देशहरूले अल्पविकसित मुलुकहरूको प्रविधि र स्रोतसाधनहरूको स्तरोन्नतिका लागि पनि हेरविचार गरिदिने या जनशक्तिको यथोचित वितरण अनि आदान–प्रदानका लागि पनि सोचिदिने हो कि?

Yamaha

Esewa Pasal

प्रकाशित : जेष्ठ २६, २०७४ ०८:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रतिभा पलायन

डा. अजय रिसाल

काठमाडौं — ‘सर! रिकमेन्डेसन लेटर बनाइदिनोस् न प्लिज’, मकहाँ वर्षमा दुई–तीनपटक यसरी नै आउँछन्, विद्यार्थी। एमबीबीएस सफलताका साथ उत्तीर्ण गरेर मेडिकल काउन्सिलबाट डाक्टरी सर्टिफिकेट लिइसकेका उनीहरू देश छाड्न चाहन्छन्।

अमेरिकाको लाइसेन्सिङ परीक्षाका दुई चरण पार गरिसकेपछि त्यहाँ राम्रो विषय पाउने या पायक पर्ने ठाउँमा म्याचिङ हुने उनीहरूको चाहना हुन्छ। त्यसमा योग्य उत्पादन र आशा गरिएका अनुहार बढी पर्छन्। त्यस्तै विज्ञान, इन्जिनियरिङ, व्यवस्थापनजस्ता विषय पढेका अनेकौं योग्यतमहरू पीएचडी गर्ने क्रममा शनै:शनै: विदेशी पीआर/ग्रिनकार्ड होल्डर बनेर सामाजिक सञ्जालमा झुल्किरहेका भेटिन्छन्। यसैलाई नै ‘प्रतिभा पलायन’ हो कि? मनमा हुन्डरी चल्छ– त्यसो भए यो देशमा बाँकी को त?’

अध्ययनमा राम्रो गर्न नसकेका र राम्रो जागिर नपाएकाहरू खाडी मुलुकमा पसिना चुहाउने, राम्ररी अध्ययन गरेका र स्वदेशमै गतिला अवसरको सम्भावना भएकाहरू भने अमेरिका, अष्ट्रेलिया, युरोपतिर आफ्नो योग्यता, ज्ञान र सीप लुटाउने। हरे! फेरि पनि मनमा थकथक लाग्छ– त्यसो भए हाम्रो मुलुकमा रहने को त? रिटायर्ड, वृद्घ, आश्रित वर्ग अनि राजनीति गर्नेहरू मात्र? यसको मतलब योग्यतमहरू विदेश जाँदै नजाउन् भन्न खोजेको भने होइन। जानुपर्छ, जाने नै हो, तर ऊर्जाशील उमेर विदेशी माटोमै सक्काउने या त्यतै भासिनेतिर नलागुन् भन्ने अभिप्राय: मात्र हो। 
वास्तवमा प्रतिभा पलायनको यस्तो डरलाग्दो चुनौतीपूर्ण परिदृश्य धेरै पहिलेदेखि नै थाहा भएको हो। विश्व बैंकको सन् २००० को तथ्यांकअनुसार विश्वका १० समर्थ कहलाइएका देशहरूमा अनुसन्धान र सूचना प्रविधिका क्षेत्रमा काम गर्नेमध्ये ४५ प्रतिशत अन्य मुलुकबाट आएका भेटिन्छन्। तीमध्ये २४ देश त विकासोन्मुख या अल्पविकसित नै छन्। त्यसमा दक्षिण एसियाली मुलुक पनि पर्छन्। 

सन् २००० कै अर्को तथ्यांकले देखायो कि विश्व जनसंख्याको करिब ३ प्रतिशत युवा आफू जन्मेकोभन्दा भिन्न देशमा एक वर्षभन्दा बढी अवधि बसिरहेका थिए। प्राय: ती नर्सिङ या डाक्टरी पृष्ठभूमिका थिए। मुख्यतया इजिप्ट, भारत, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरियाजस्ता देशबाट अष्ट्रेलिया, क्यानाडा, जर्मनी, बेलायत वा अमेरिकातिर भासिएका। करिब दुई दशकपछिको स्थिति हेर्ने हो भने पनि त्यो संख्या घटेको छैन, झनै बढेको छ। सँगसँगै नेपाल पनि योग्य जनशक्तिलाई विदेश निर्यात गर्ने देशहरूमा अग्रणी स्थानमै उभिन्छ। हाम्रो देशबाट वर्षभरिमा २ लाख ५० हजार युवा विदेश पलायन हुने राष्ट्रिय तथ्यांक छ। हालसालै (सन् २०१५ मा) नर्सहरूमा गरिएको अध्ययनले यो कुरा अझै प्रस्ट्याएको छ, विदेश पलायन भएका नेपालका नर्सहरूमध्ये ४० प्रतिशत अष्ट्रेलिया, ३० अमेरिका, १६ बेलायत र १३ प्रतिशत क्यानाडामा छन्। 

यस्तो प्रवृत्ति विकासशील देशहरूबाट विकसिततर्फ भइरहेको पाइन्छ। विकासशील या अल्पविकसित हाम्रोजस्ता देशमा व्याप्त राजनीतिक नैराश्य, अध्ययन–अनुसन्धानमा स्रोतसाधनको कमी, तलब–सुविधा आदिको अव्यवस्था अनि सामाजिक असुरक्षाजस्ता कारण बाहिरिने बाध्यता छ। विकसित देशमा रहने जीवनवृत्तिको सुविधा, प्रविधिको पहुँच अनि भविष्यको स्थायित्व आदिले तानिरहेको हुनसक्छ। विकसित मुलुकहरूमा खासगरी प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको चरम अभावले यो माग बढाएको हुनसक्छ। 

आजको युगमा शिक्षा, स्वास्थ्य अनि रोजगारीका लागि आमजनता एक मुलुकबाट अर्कोतर्फ स्थानान्तरण हुनुलाई जीवनको एक स्वाभाविक घटना नै मान्नुपर्छ। तर प्रतिभा पलायको यस्तो चुनौतीलाई हाम्रोजस्तो देशमा अवसरका रूपमा उपयोग गर्न पो सकिन्छ कि? त्यसका लागि आफ्नो मुलुकमा काम र माम दिने विकसित देशहरूले अल्पविकसित मुलुकहरूको प्रविधि र स्रोतसाधनहरूको स्तरोन्नतिका लागि पनि हेरविचार गरिदिने या जनशक्तिको यथोचित वितरण अनि आदान–प्रदानका लागि पनि सोचिदिने हो कि? 

प्रकाशित : जेष्ठ २६, २०७४ ०७:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT