कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फर्किइन् राष्ट्रपति

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को एक सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्केकी छन् ।

फर्किइन् राष्ट्रपति

उनी स्विट्जरल्यान्डको जेनेभामा चलिरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १०६ औं सेसनअन्तर्गतको ‘वल्र्ड अफ वर्क समिट’ बैठकमा सहभागी हुन मंगलबार त्यसतर्फ गएकी थिइन् । उक्त सत्रका तीन प्रमुख वक्तामध्ये एक राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रमको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे बोलेकी थिइन् । अन्य दुई मुलुकका राष्ट्रपति क्रमश: मरिससकी अमिनाह गउरिव–फाकी र माल्टाकी मेरी लुइस कलेरो–प्रेसा पनि उक्त सम्मेलनका प्रमुख वक्ता थिए । 
राष्ट्रपति भण्डारी जानु एक दिनअघि नेपालले श्रम संगठनको गभर्निङ बोर्डको सहायक सदस्य पद (सरकारी तह) मा विजय हासिल गरेको थियो । त्यही तहमा कामदारका तर्फबाट भने एमाले नेतृ तथा जनरल फेडरेसन अफ नेप्लिज ट्रेड युनियन (जिफन्ट) की बिन्दा पाण्डे विजयी भएकी थिइन् । नेपाल सरकारी तहमा पहिलो पटक गभर्निङ बोर्डमा पुग्न सकेको भए पनि कामदारको तहमा भने पटक–पटक पुगिसकेको थियो । उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव र उनीलगत्तै वरीयताका सहसचिवसमेत सहभागी भए । सहसचिव राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठन हेर्ने हुँदा सहभागिता रहनु स्वाभाविक भए पनि सचिवको भ्रमणबारे मन्त्रालयमा जिज्ञासा व्यक्त गरिएको छ । यस्ता सम्मेलनमा सहसचिव सहभागी हुँदा सचिव जाँदैनन् । सचिव नै जाने भए सहसचिवले आफूअन्तर्गतका उपसचिवमध्येबाट पठाउने प्रचलन छ । 
एक साता नहुँदा के बिग्रन्छ भन्ने मान्यताले भ्रमणमा सचिव र सहसचिव दुवै सहभागी भएको अधिकारीहरूले बताए । उपप्रधान तथा परराष्ट्रमन्त्रीको सचिवालयले भने कर्मचारीको नेतृत्व र वरिष्ठ सहसचिव नहुँदा असजिलो अनुभव व्यक्त गरिसकेको छ । नयाँ परराष्ट्रमन्त्री भर्खरै आएको र पहिले नै निर्णयका लागि पठाएको हुनाले परराष्ट्रमन्त्रीको सचिवालयले यसमा कुनै हस्तक्षेप नगरेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : असार ५, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?