कार्पेट उद्योगमा आगलागी

भक्तपुर — भक्तपुर २, इटापामा रहेको यति कार्पेट उद्योगमा आगलागी भएको छ । शनिबार राति करिब साढे ११ बजे ट्रान्सफर्मर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । फाइबरमा आगो सल्किएपछि आगलागी भएको हुन सक्ने महानगरीय प्रहरी परिसरका प्रवक्ता कृष्ण प्रसाईंले बताए ।

कार्पेट उद्योगमा आगलागी

जुद्ध वारुणयन्त्रको २, सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आइतबार बिहान साढे ७ बजे आगो नियन्त्रणमा आएको थियो । पानी अभावले दमकललाई पानी भर्न समस्या परेको जुद्ध वारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले बताए । उद्योग पूर्ण रूपमा नष्ट भएकाले क्षतिको विवरण आउन नसके पनि डेढ अर्ब बढीको क्षति भएको म्यानेजर धर्मेन्द्र यादवले बताए ।

प्रकाशित : असार ५, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?