कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झडपमा एमाले कार्यकर्ताको मृत्यु

बाजुरा — कांग्रेस र एमाले कार्यकर्ताका बीचमा छेडेदह गाउँपालिकामा दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा गम्भीर घाइते भएका वडा ६ का ५५ वर्षीय एमाले कार्यकर्ता हंस रावतको मृत्यु भएको हो ।
उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कांग्रेस र एमाले कार्यकर्ताका बीचमा छेडेदह गाउँपालिकामा दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा गम्भीर घाइते भएका वडा ६ का ५५ वर्षीय एमाले कार्यकर्ता हंस रावतको मृत्यु भएको हो ।
उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी दलबहादुर बोगटीका अनुसार झडपमा दुवैतर्फ गरी ३० जनाभन्दा बढी घाइते छन् । दुवैतर्फबाट ढुङ्गा हानाहान भएको थियो । छेडेदह सहित जिल्लाका नौवटै स्थानीय तहमा मनोनयन भने सम्पन्न भएको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका छन् । कांग्रेस, एमाले र माओवादीले सबै तहमा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् ।

दार्चुलामा पनि झडप
दार्चुला– दलबलसहित मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरूका बीचमा झडप भएको छ । मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको हो ।
माओवादी केन्द्रका नेता कार्यकर्ता उम्मेदवारी दर्ता गरेर फर्कने र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप भएको प्रत्यक्षदर्शीले बताए । दुवै पक्षबीच एक आपसमा ढुङ्गा हानाहान हुँदा दुवैतर्फका ५/७ जना घाइते भएका छन् । लटिनाथमा दुवै पक्षबीच झडप भएको क्षतिको बारेमा एकिन थाहा नभएको प्रहरीले जनाएको छ ।
झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउन्ड अश्रु ग्याससमेत प्रहार गरेको स्थानीय दिनेश सिंहले जानकारी दिए । उनका अुसार लटिनाथ बजारमा झडप हुँदा होटलहरूमा समेत क्षति पुगेको छ । लटिनाथ क्षेत्र तनावपूर्ण छ । झडप हुन नदिन प्रहरीले सुरक्षा बढाएको छ ।

प्रकाशित : असार ५, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?