अचार मिठो करेलीको...
कास्की — तीज आइपुग्न अझै डेढ महिना बाँकी छ । तर, कलाकार उक्त पर्वका लागि आफ्ना सिर्जना बजारमा ल्याउने जमर्कोमा लागिसकेका छन् ।
तीजकै मेसोमा चल्ने भाकासहित गायिका जानुका पौडेल सुवेदीले ‘अचार मीठो करेलीको...’ एल्बम तयार पारेकी छन् । नारी उत्थान दिदीबहिनी समूह, बेलघारीको सहयोगमा तयार उनको यो पहिलो गीति एल्बम हो । ‘तीज गीत धेरै भडकिला आउन थालेको गुनासोलाई ध्यानमा राखेर मेरो एल्बममा महिलाका कुरा, बेरोजगारी, वैदेशिक रोजगारीमा जाने बाध्यता आदि समेटिएका छन्,’ उनले भनिन् । एल्बमको एउटा तीज गीतको पोखरामा छायांकन पनि गरिएको छ ।
प्रतिक्रिया