कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाले बगाउादा ज्यान गयो

छोटकरी

काँकडभिट्टा — पौडी खेल्ने क्रममा खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु भएको छ । हडिया खोलामा पौडी खेल्न गएका मेची नगर १५ का १२ वर्षीय निशान लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी पोखरा हर्पन खोलामा बगेर सोमबार दुई युवक बेपत्ता भएका छन् ।

पोखराको नदीपुरका ललित पुन र इन्द्रबहादुर पुन बेपत्ता भएका हुन् । माछा मार्न पामे क्षेत्र गएका ७ जनामध्ये ‘बल्छी अल्झिएपछि दुई जनाले तान्ने क्रममा खोलाले बगाएको रहेछ,’ कास्की प्रहरीका प्रवक्ता डीएसपी खडबहादुर खत्रीले भने ।

सुत्केरीको ज्यान गयो
कालिकोट (कास)– अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमा उपचारार्थ नेपालगगन्ज पुर्‍याइएकी तिलागुफा नगरपालिका ११ चिल्खायाकी हरिशोभा सुनारको सोमबार बिहान २ बजे मृत्यु भएको छ । सदरमुकाम मान्मबाट ४० किमि टाढा पर्ने चिल्खायामा सुत्केरी व्यथाले च्यापेपछि एक घण्टा स्टेचरमा बोकेर कर्णाली राजमार्गबाट एम्बुलेन्समा जिल्ला अस्पताल मान्म पुर्‍याइएको थियो । ३५ वर्षीया सुनारलाई मान्ममा ५ पिन्ट रगत दिए पनि रक्तस्राव नरोकिएपछि हेलिकप्टरमा नेपालगन्ज पठाइएको हो ।

प्रकाशित : असार २७, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?