सोफियाले सुधार्न सकिनन्

कान्तिपुर संवाददाता

काठमाडौं — फिना वल्र्ड स्वीमिङ च्याम्पियनसिपमा शनिबार नेपालकी सोफिया शाहले महिला ५० मिटर फ्रिस्टाइलको आफ्नो प्रदर्शनमा सुधार गर्न सकिनन्।

सोफियाले सुधार्न सकिनन्

हंगेरीको बुढापेस्टमा जारी स्पर्धामा सोफियाले निर्धारित दूरी २९.७३ सेकेन्डमा पार गरिन्। राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा छ। जुन सोफियाले १२ औं दक्षिण एसियाली खेलकुदमा २८.८५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले गत मेमा राजधानीमा आयोजित आठौं प्रमोद मेमोरियल पौडीमा २९.३१ सेकेन्डबाट उक्त इभेन्टको स्वर्ण जितेकी थिइन्। वल्र्ड च्याम्पियनसिपमा ८७ जनाले दूरी पार गर्दा सोफिया ६९ औं स्थानमा थिइन्।

प्रकाशित : श्रावण १५, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?