२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बोरिस र समृद्धि च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौं — बोरिस अधिकारी र समृद्धि महर्जनले प्रथम एएनएलटीए/जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको पहिलो दिन शनिबार यू–८ सिंगल्समा स्वर्ण जितेका छन्।

बोरिस र समृद्धि च्याम्पियन

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोरिसले निसाद जोशीलाई ७–१०, १६–१४, १०–६ को सेटमा पराजित गरे। गल्र्सको उपाधि भिडन्तमा समृद्धिले सुप्रिया तामाङलाई १०–६, १०–५ ले हराइन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा संरक्षकभूषण वज्राचार्यले इभेक जोशीलाई ६–०, ६–० ले, साम्राज्ञ कटुवालले निनवाम राईलाई ६–३, ६–३, सम्यकभूषण वज्राचार्यले श्रेयाश अग्रवाललाई ६–१, ६–१ तथा प्रणव खनालले आदित सुवेदीलाई ६–१, ६–३ को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
यू–१४ गल्र्स सिंगल्समा लुमु लामाले आईशा डोल्कर गुरुङलाई १–६, ७–५, ६–४, ईशाश्री शाहले प्रकृति श्रेष्ठलाई ६–२, ६–० तथा सर्भानी श्रेष्ठले श्रुति तामाङलाई ६–०, ६–२ को सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे। रायना शाह पनि प्रतिद्वन्द्वी सौरभी कटालबाट वाक ओभर पाउँदै सेमिफाइनलमा पुग्न सफल भइन्।
यू–१० ब्वाइज सिंगल्समा राजवीर प्रधानले श्रीयोग अधिकारीलाई ६–०, ६–१ तथा सक्षमविक्रम शाहले निश्चल कायश्थलाई ६–०, ६–० ले निराश पार्दै सेमिफाइनलमा पुगे। त्यस्तै आरभसम्राट हाडा पनि आर्यम्य जोशीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुगे भने आयुशमान घलेले कृश कुावरबाट वाकओभर पाएर क्वाटरफाइनलमा पुगे।
यू–१४ ब्वाइज सिंगल्समा निशान श्रेष्ठले आरम्भ स्वारलाई ६–१ , ६–० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे। आरभसम्राट हाडा पनि अदित्य अग्रवालबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा पुगे।
यू–१० गल्र्स सिंगल्समा इभा अधिकारीले उत्शा लामालाई ६–०, ६–० तथा रोशनी लिम्बूले सदाश्री ढुंगानालाई ६–०, ६–० ले हराउदै सेमिफाइनलमा पुगे।

प्रकाशित : श्रावण १५, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?