कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

श्रीदिवा र इनोभेटिभ भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौं — आयोजक श्रीदिवा र इनोभेटिभ स्कुल ११ औं मनसुन मिट अन्तरविद्यालय बास्केटबलको गल्र्सतर्फ फाइनल भिड्ने भएका छन्।


शनिबार श्रीदिवाले स्किब्सलाई ४४–२७ स्कोरले हरायो। श्रीदिवाकी छेवाङ शेर्पाले २४ स्कोर जोडिन्। ममता गुरुङको १३ स्कोरमा इनोभेटिभले डाफोडिलमाथि ३३–१७ को जित पायो।
ब्वाइजमा ज्ञान निकेतन र डिफेन्डिङ च्याम्पियन एचएचसीए फाइनल पुगेका छन्। ज्ञानले इनोभेटिभलाई ५०–४१ ले हरायो। विजेताका भूमि सम्राटले १७ स्कोर गरे। एचएचसीएले ओडिसीमाथि ६६–४५ को जित रच्यो। विजेताका विशाल राईले २९ स्कोर गरे। फाइनल आइतबार हुनेछ।

प्रकाशित : श्रावण १५, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?