२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मेलिनालाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौं — सिर्जना ज्ञानसागरका विकिन पोखरेल, न्युटनका सक्षम पाण्डे र फेरिल्यान्डकी मेलिना मानन्धरले शनिबार दोस्रो ओप्स अन्तरस्कुल टेबलटेनिसमा स्वर्ण जितेका छन्।


विकिन सिनियर ब्वाइज, सक्षम जुनियर ब्वाइज र मेलिना खुला गल्र्समा च्याम्पियन भए। स्पर्धा अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) ले पुष्पकुञ्ज हाइस्कुलको संयोजनमा आयोजना गरेको हो। विकिनले राजन मेमोरियलका अनुप नेपाललाई १२–१०, ११–६, ११–६ को सेटमा हराए। हिमरश्मीका अश्विन अधिकारी र सेबका रेजिल गुरुङ संयुक्त तेस्रा भए। त्यस्तै सक्षमले ज्ञानसागरका प्रवीण सापकोटालाई ६–११, ११–५, ११–१३, ११–३, ११–६ ले हराए। पुष्पकुञ्जका प्रतीक सुब्बा र जीसीएका प्रवीण भुसाल तेस्रो भए। गल्र्समा मेलिनाले ज्ञानमन्दिरकी रविना खत्रीलाई १२–१०, ११–९, ११–५ ले हरायो। न्युटनकी विनिशा केसी र ज्ञानसागरकी प्रेमकुमारी तामाङ संयुक्त तेस्रो भए।
समग्रमा सिर्जना ज्ञानसागर टिम च्याम्पियन बन्यो। ज्ञानसागरले समान १ स्वर्ण, १ रजत र १ कांस्य जितेको थियो।

प्रकाशित : श्रावण १५, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?