उमेरसमूहको भलिबल हुुने

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल विद्यालय भलिबलको कमिसनले यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ।

प्रतियोगिता कात्तिक १२ देखि १८ सम्म काठमाडौंमा हुनेछ। कमिनसनले शनिबार वार्षिक कार्यतालिका सार्वजनिक गर्दै यू–१६ अन्तरस्कुल छात्रछात्रा भलिबल पनि गर्ने जनाएको छ। उक्त प्रतियोगिता चैतमा गरिने जनाइएको छ। नेपाल भलिबल संघको समन्वयनमा कमिसनले यू–१९ बिच भलिबल प्रतियोगिता पनि गर्नेछ।
भलिबलको जुनियरस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले थप जिल्ला कमिटी विस्तार गरिने जनाइएको छ। उमेर समूहको प्रतियोगितालगत्तै यू–१८ र यू–१६ महिला तथा पुरुष टिम घोषणा गर्ने कमिसनका अध्यक्ष रामबहादुर केसीले बताए। उमेर समूहको राष्ट्रिय टिम प्रशिक्षणलाई प्रशिक्षक व्यवस्थापन कमिसनले नै गर्नेछ। उनीहरूको खेलस्तर विकास गर्न अन्तर्राष्ट्रिय स्पर्धा वा मैत्रीपूर्ण खेलमा सहभागिता गराउने संघका सचिव लोकेन्द्रबहादुर खड्काले बताए।
राष्ट्रिय खेल घोषणा भएको भलिबललाई थप लोकप्रिय बनाउन नेपाल भलिबल संघको समन्वयमा विद्यालय भलिबल महोत्सव गर्ने जनाइएको छ। कमिसनको साधारणसभा मंसिरमा गरिने छ।

पदकविजेता सम्मानित
कमिसनले शनिबारै एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा जितेका नेपाली खेलाडीलाई सम्मान गरेको छ। इमबहादुर रानाको कप्तानीमा रहेको १२ सदस्यीय टोली सम्मानित भयो। प्रशिक्षकद्वय जगदीश भट्ट र वीरेन्द्रप्रसाद चौधरी तथा टिम म्यानेजर डम्बरबहादुर नेपाली पनि सम्मानित भए। सबैले जनही ३ हजार रुपैयाँ पुरस्कार पाए।
यसैबीच शनिबारै जेबी अधिकारीको अध्यक्षतामा १३ सदस्यीय सदस्यीय काठमाडौं जिल्ला विद्यालय भलिबल कमिसन गठन गरिएको छ।

प्रकाशित : श्रावण १५, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?