किशोरको हत्या

छोटकरी

निजगढ ५ गैरीटोलका १६ वर्षीय निशान्त सापकोटाको शुक्रबार साँझ घाँटी रेटी हत्या भएको छ।

 

बारा (कास)– सार्वजनिक माविमा कक्षा ९ मा पढ्दै गरेका सापकोटाको छिमेकी दीपक थापाको घरमा हत्या भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक कैलाशकुमार केसीले बताए। घटनास्थलबाट प्रहरीले चुलेसी बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले घरधनी थापा परिवारलाई नियन्त्रणमा लिएको छ। विचारी थापा, उनकी श्रीमती भवानी, छोरा विवेक र छोरी दीपिकालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको केसीले बताए।

बैंक कर्मचारी मृत फेला 
स्याङ्जा (कास)– कृषि विकास बैंकको पर्वत कुश्मास्थित शाखाका सहायक कर्मचारी दीपेन्द्र शर्मा गौडेल हराएको २३ दिनपछि मृत फेला परेका छन्। फलेबास नगरपालिका–४ मुडिकुवाका गौडेलको शव स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधमा फेला परेको प्रहरीले जनाएको छ। गौडेलका आफन्तले शवको पहिचान गरे पनि मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। यस्तै बागलुङ, ढोरपाटनको नवी खोलामा ढोरपाटन–९ तल्लेचौरका २० वर्षीय राजु विक शनिबार मृत फेला परेका छन्।

घाइते वडाध्यक्षको उद्धार
दोलखा (कास)– ट्रकको ठक्करबाट घाइते भएका जिरी नगरपालिका–७ का वडाध्यक्ष डुके शेर्पालाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको छ। शनिबार नगरपालिकाको बैठकमा सहभागी हुन उनी मोटरसाइकल चढेर जाँदै थिए । जिरी बासास्थित लामोसाँघु जिरी सडकमा ज१ख ८५६ नम्बरको ट्रकले ठक्कर दिएको थियो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : श्रावण १५, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?