९ सदस्यीय जिल्ला समन्वय समिति

कान्तिपुर संवाददाता

कपिलवस्तु — यहाँको जिल्ला समन्वय समिति ९ सदस्यीय हुने भएको छ। जिल्लाका १० स्थानीय तहमा निर्वाचित मेयर/उपमेयर र प्रमुख/उपप्रमुखको प्रथम जिल्ला सभा बैठकले उक्त निर्णय गरेको हो।

बढीमा ९ सम्म जिसस बनाउने व्यवस्था रहेकोमा यहाँका पदाधिकारीले अधिकतम सदस्य रहने समिति बनाउने र उक्त जानकारी निर्वाचन आयोगलाई गराउने निर्णय गरेको छ। 
१० स्थानीय तहका २० मतदाता रहेको जिससमा स्थानीय तहमा निर्वाचित ५ सय २६ जनामध्येबाट जोसुकैले उम्मेदवारी दिने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले बताए। निर्वाचनबाट समन्वय समितिका लागि प्रमुख, उपप्रमुख, तीन महिला सदस्य, एक दलित अल्पसंख्यक सदस्य र तीन खुला सदस्य गरी नौ जना चयन हुने बनाइएको छ। 

प्रकाशित : श्रावण १५, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?