दुर्गममा एम्बुलेन्स
अछाम — सामान्य रोग लाग्दासमेत समयमै उपचार नहुँदा अकालमै ज्यान गुमाउने यहाँका बासिन्दाका लागि खुसी थपिएको छ। क्षेत्र नम्बर २ वाट माओवादी केन्द्रतर्फबाट समानुपातिक सांसद बनेकी जानकी साउद रावलले दुर्गम गाउँका लागि सांसद विकास कोषबाट एम्बुलेन्स खरिद गरिएको छ ।
सामान्य रोग लाग्दासमेत समयमै उपचार नहुँदा अकालमै ज्यान गुमाउने यहाँका बासिन्दाका लागि खुसी थपिएको छ। क्षेत्र नम्बर २ वाट माओवादी केन्द्रतर्फबाट समानुपातिक सांसद बनेकी जानकी साउद रावलले दुर्गम गाउँका लागि सांसद विकास कोषबाट एम्बुलेन्स खरिद गरिएको छ । रामारोशन गाउँपालिकास्थित भटकाटिया स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको रावलले बताइन् ।
जिल्लाका दुर्गम ठाउँका बिरामीलाई स्वास्थ्य संस्था रिफर गर्दा उपचार गर्न डोको तथा पिठ्यूँमा बोकेर लानुपर्ने समस्या समाधन होस् भन्ने उद्देश्यले एम्बुलेन्स ल्याइएको उनले बताइन्। आव ०७३/७४ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत खरिद गरिएको एम्बुलेन्स काठमाडौं पुगेको र केही दिनमै एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तण गरिने सांसद रावलले जानकारी दिइन्। उनले यसअघि ०७१/७२ मा सांसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकलाई एम्बुलेन्स उपलब्ध गराएकी थिइन्। उक्त एम्बुलेन्सले पूर्वी अछामका बिरामीलाई सेवा दिँदै आएको छ।
प्रकाशित : श्रावण १५, २०७४ १०:००